काठमाडौं । पुर्व गृह मन्त्री रबि लामीछानेलाई प्रक्राउ गर्ने तयारी गरेको छ । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् ।
जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो ।
सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिएलगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने भने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमै छन् । रविलाई पनि आजै पक्राउ गर्नेगरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् । स्रोतका अनुसार सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लाछिानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।
समाचार स्रोत नेपाली प्रेस