भर्खरै २९ औ आदिवासी जनजाति दिवस विभिन्न सांस्कृतिक कार्यक्रम ताम झामका साथ प्रचण्ड केपी ओलीलाई प्रमुख अतिथि बनाएर समापन भयो
तर आदिवासी जनजातिहरूले उठाउनु पर्ने विषय थुप्रै थिए तर आदिवासी जनजाति नेताहरूले खासै चासो दिएन वा उठाउनु जरुरी ठानेनन् ।
भर्खरै केही दिन अघि आफूलाई निक्कै विद्वान सम्झिने सितल पान्डेको अभिव्यक्तिले सम्पूर्ण आदिवासी जनजातिहरू आन्दोलन गर्न बाध्य मात्र गरेनन् कि आफ्नो रीतिथिति र संस्कार माथि धावा बोलेकै कारण मात्र थिएन तामाङ समुदायहरूले आफ्नै दिदीबहिनी सङ्ग बिहे वारी गर्छन् भन्ने अभिव्यक्तिले निक्कै चोट पुर्यायो जनजातिको मुटुमै अनाहकमा प्रहार भयो र हामी आदिवासी जनजातिहरू दुनियाँका सामु लज्जित हुनपर्यो र आन्दोलित हुन बाध्य गरायो। जनजातिहरू आफूलाई सितल पान्डेको अभिव्यक्तिले चोट पुर्यायो र उसलाई कारबाहीको दायरमा ल्याउनु पर्छ भनेर शान्तिपूर्ण प्रदर्शनलाई प्रहरी प्रशासनले निर्मम दमन मात्र गरेर हिरासत भित्र पनि अभियान कर्ताहरूलाई चरम यातना दिएको कुरा खेद जनक मात्र छैनन् निन्दनीय पनि छन् । म त्यस्ता प्रहरी प्रशासनको घोर विरोध गर्दछ छु र नस्लवादी चिन्तन बाट माथि उठ्न आग्रह गर्दछु ।
वास्तवमा सितल पाण्डेले जानिजानी दिएको अभिव्यक्ति थियो वा उसले अन्जामै तिर हानेको थियो ? वास्तवमा नेपालमा सदियौँ देखि जात विशेष राज्य व्यवस्था सञ्चालन भएकै कारणले युग युग देखि हामी जनजातिहरू प्रताडित छौ हेपिएका छौ राज्यको मूलधारमा समूल सहभागी हुन पाएका छैनौ राज्यसत्ताको पहुँच बाट युगौँदेखि विमुख भएका छौ र हाम्रा रीतिरिवाज संस्कार हामीले मान्दै आएका देबिदेउता दुनियाँ कसैलाई थाहा हुन सकेन र सितल पान्डेको अभिव्यक्ति पनि यसैको यौटा कडी सोरुप हुन भन्नेमा दुई मत नहोला ।
यसरी बेला बेलामा राज्यसत्तामा बसेका वा पण्डित्याइँ गर्नेहरू बाटै किन जनजाति तथा दलित समुदाय उत्पीडित भइरहेका छन् त ? अलिकति विवेचना गरौँ
वास्तवमा जनजातिहरू आफ्नै मौलिक रीतिरिवाज रीतिथिति र आफ्नै संस्कारमा रमाउने यो धर्तीको मूल बासीहरूका सुन्दर फुलहरूको बगैँचा हुन भन्दा अनुपयुक्त नहोला भने खस आर्य द्वार दास बनाएका उसैले अछुत बनाएका ( दलित ) परियार कामी सार्की डुम यी विभिन्न थरकाहरु बाहुनहरूकै उपजातिहरू हुन उनिहरुलेनै जात बिस्यस राज्यब्यस्थाको सुरुवात सङ्गै माथिल्लो जात र तल्लो जात भनेर छुटाइएको सर्वविदितै छ उनिहरुलेनै दमन गरेर आफूभन्दा मुनि बस्न बाध्य बनाइएका हरू हुन ।
अनि हामी जनजातिहरू पृथ्वीनारायण शाहको शासन सत्ता बाट पीडित मात्र भएनन् कि उनीहरूले तामाङहरूलाई मासिने जात र तामाङहरूलाई तामाङ पनि भन्न नपाउने गरी दपिडियो उसको मौलिक खोसियो उसको रहन सहन खोसियो उसको पहिचानका दस्ताबेजहरू लुटियो जलायो अन्ततः उसको भुमिपनी खोसियो यो कतैबाट छिपिएको विषय होइन । आफ्नो मौलिक चाडबाडबाट वञ्चित मात्र गरिएनन् जबरजस्त हिन्दु राज्य र हिन्दु कारण गरियो जबरजस्त दसै सङ्क्रान्ति जस्ता चाडहरू मनाउन बाध्य गरायो र मान्न विवश छन् कालान्तरमा हामी तामाङ समुदाय आफ्नो मौलिक पहिचान भन्ने के हो त्यो सबै बिर्सिन बाध्य भए २०४६ सालको जनआन्दोलन बाट प्राप्त प्रजातन्त्रको उदय पछि मात्र हामी तामाङहरू सीमित आफ्नो मौलिक पहिचान बारे जानकार हुँदै बल्ल आज यो ठाउँमा आदिवासी जनजातिहरू आइपुगेको अवस्था छ । लोछार भनेको के हो म आफै २०५१÷ ५२ सालबाट थाहा भएको यौटा व्यक्ति हो ।
पृथ्वीनारायण शाहको सेना प्रहरीको चरम दमनबाट बच्न कुना कन्दरामा लुकेर छिपेर बस्न बाध्य बनायो ( म आफै पनि पृथ्वीनारायण शाहका सेनाहरूले तल चुले घिसिङ दोरम्बा किपट भूमिबाट लखेटिएका तामाङ रहेछु भनेर धेरै पछि थाहा भएको थियो ) र तामाङहरूले आफ्नै मौलिक लिपिमा अध्ययन लेखपढ गर्न पाएन लेखपढ गर्न नपाए पछि स्वाभाविक तामाङहरूको रीतिरिवाज जन्म देखी मृत्यु सम्मको संस्कार मौखिक हुँदै गएको हुनुपर्छ भन्ने मेरो ठम्याइ हो । आदिवासी जनजातिहरूको आ आफ्नै मौलिक पहिचान छ जन्म देखी मृत्यु सम्नको रीतिरिवाज फरक फरक छन् नेवारको छुट्टै छन् तामाङहरूको छुट्टै छन् गुरुङ राई लिम्बु सेर्पा मगर थारु हायु जिरेल थामी सन्सारभर छरिएर रहेका सम्पूर्ण जनजातिहरूकै पनि एक आपसमा रीतिरिवाजहरू फरक फरक छन् त सितल पाण्डेहरूका संस्कार सङ्ग कसरी मिल्नु ? अनि यिनका गोबरले भरेको दिमागमा कसरी दुनियाँलाई बुझ्ने ल्याकत राखोस् ?
जनजातिहरू यता लेखपढ त परै जाओस् जनजातिहरू लुक्दै छिप्दै बस्नुपर्ने अवस्था थियो भने खसआर्यहरु चैँ सांस्कृतिक पाठशाला खोलेर मज्जाले अध्ययन गर्न पायो उनीहरूले अध्ययन गर्ने पुस्तकमै जनजातिहरू प्रति नकारात्मक सन्देश जाने गरी पाठ्यक्रम समावेश गरेर अध्ययन गराइयो हो त्यसैको निरन्तरका सोरुप सितल पान्डेको अभिव्यक्ति अहिले जनजातिप्रति प्रहार हो ।
अब जनजातिकै हितका लागि खोलिएका सङ्घ सस्थाहरु के गर्दैन ? तामाङ घेदुङ सङ्घ के गर्छन् र तिनका पदाधिकारीहरू के गर्छन् ? यस्का अलिकति विवेचना गरौँ ।
सन्सार भरका तामाङहरूलाई एकताको सूत्रबद्ध गर्ने कुनै योजना छैन कुनै भिजन छैन तामाङहरूलाई राज्यको उपल्लो ठाउँमा पुर्याउने कुनै कार्य योजना छैन दातृले दिएको डलर पचाउने आफू कसरी नेतृत्वमा पुग्ने भनेर प्रचण्डको तलुवा चाट्ने केपी ओलीको गोडा मोल्ने सेरबहादुर देउवाको नजिक हुने अझ आरजु भाउजूको फरिया भित्रै पस्ने जनजाति नेताहरूकै कारण मूलवासी जनजातिहरू पछाडि परेको नकार्न सकिन्न ।
प्रधानमन्त्री तथा गृहमन्त्री जिउले आदिवासी दिवसका दिन जनजातिहरूकै मसिहा हौ जस्तै गरेर सितल पाण्डे उर्फ भगवती पान्डेको अभिव्यक्ति गलत छ नाजायज छन् त भने तर पक्राउ गरेर कानुन दायरामा ल्याउन अझै उ हिच्किच्याइ रहेको अवस्था बिध्यामन छ । अबको आन्दोलन सितल पाण्डेलाई कानुनी दायरमा ल्याउने मात्र नभई दुनियाँले थाहा पाउने गरी आदिवासी जनहात्तीहरूको जन्म देखी मृत्यु सम्मका सस्कारहरु प्राथमिक विद्यालय देखिनै पाठ्यक्रममा समावेश गरिनु पर्छ ताकी अबदेखि सितल पाण्डेले बोलेको अभिव्यक्ति जन्मिन नपाओस् र दुनियाँका सामु तामाङहरू लज्जित हुन नपरोस् उसको मौलिक पहिचान दुनियाँका सामु प्रस्ट हुनेगरि आदिवासी जनजातिको मौलिक भेसभुसालाई राज्यले स्वामित्व लिने गरी राज्यले अङ्गीकार गरिनु पर्छ आदिवासी जनजाति दिवस आदिवासीले मात्र होइन राज्य लेनै मनाउने पर्वको रूपमा विकास गरिनु पर्छ सरकारी लोकसेवा आयोगमा नागरिकतामै उल्लेख भएको जनजातिहरूको थर हुँदाहुँदै जिल्ला प्रशासन कार्यालय पुगेर फेरि पनि जनजाति हौँ भनेर प्रमाणित गर्नुपर्ने असान्दर्भिक नियमहरू खारेज गरिनु पर्छ ।
लेखक ः लालबहादुर तामाङ