महिला उपसभापति थप्ने रास्वपामा प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महिला उपसभापति थप्ने प्रस्ताव गरेको छ । काठमाडौंमा मंगलबारदेखि सुरु भएको राष्ट्रिय भेलामा कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले विधान संशोधन प्रस्ताव पेश गरेका हुन्, जसमा एक महिलासहित तीन उपसभापति राख्ने उल्लेख छ । रास्वपामा हाल दुई उपसभापति (डीपी अर्याल र स्वर्णिम वाग्ले) रहेका छन् । महामन्त्री एक जना हुनेछन् । सहमहामन्त्री एक महिलासहित तीन जना हुनेछन् । हाल पनि कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ र विपिनकुमार आचार्य सहमहामन्त्री छन् । कोषाध्ष्यक्ष एक जना, दुई सहकोषाध्ष्यक्ष, एक प्रवक्ता र दुई सह प्रवक्ता रहने विधानमा प्रस्ताव छ । हाल तीन सहप्रवक्ता छन् । अब घटाएर २ बनाउने प्रस्ताव छ । कोषध्यक्ष र प्रवक्ता बाहेकका सबै पदाधिकारी प्रत्यक्ष निर्वाचित गर्ने पनि विधानमा प्रस्ताव छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...