मन्थली माविका विद्यार्थी ढुङ्गेल सहित १७ जनालाई बागमती प्रदेश सरकारले सम्मान गर्दै

१ आश्विन २०८१, मंगलवार

रामेछाप । संविधान दिवसको अवसर पारेर शैक्षिक सत्र २०८० सालको एस.इ.इ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने मन्थली माविका छात्र सुबोध ढुङ्गेल सहित १७ जनालाई बागमती प्रदेश सरकारले नगद सहित सम्मान गर्ने भएको छ । बागमती प्रदेश सरकाले असोज ३ गते मुख्यमन्त्री कार्यालयमा बागमती प्रदेश भित्रका सामुदायिक विद्यालयका बाट सर्वोत्कृष्ट अङ्क ल्याउन सफल १७ जना छात्र, छात्रालाई सम्मान गर्न लागेको शिक्षा विकास निर्देशनालयले जनाएको हो ।

शैक्षिक सत्र २०८० सालको एस.इ.इ परीक्षामा मन्थली माविका छात्र सुबोध ढुङ्गेल सर्वोत्कृष्ट अङ्क ल्याउँदै प्रथम भएका छन् । ढुङ्गेल सँगै बागमती प्रदेश सरकारले पृथ्वी मावि नुवाकोटका रोजिना भण्डारी, मेघा मावि भक्तपुरका अंशु दिल प्रजापति, विश्व निकेतन मावि काठमाण्डौंका आकृति कुमारी महासेठ,अन्जु भुसाल,अन्जोन थापामगर, विभव ढकाल र स्वस्तिका अधिकारी  ज्ञानोदय मावि काठमाण्डौंका कुशल पोख्रेल, श्रीयसी राउत र सुशान्त पराजुली , रत्नराज्य मावि काठमाण्डौंका प्रज्वलन मिश्र र शशिकुमार मण्डल तरुण मावि काठमाण्डौंका श्रीयन डङ्गोल, पृथ्वी नारायण मावि काठमाण्डौंका स्वराज सुवेदी, बालकुमारी कन्या मावि चितवनका दिव्य प्रकाश झा र चितवनकै चितवन माविका विशाल मग्रातिलाई सम्मान गर्ने भएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...