रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ५ सुनार पानीमा बा १८ च १८३९ नम्बरको बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी मन्थली नगरपालिका वडा नम्बर ४ सालुका वडा सदस्य पदममाया नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा परी ६ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था भने गम्भीर रहेको छ । उनीहरूको हाल मन्थली अस्पताल र रामेछाप सामुदायिक अस्पताल मन्थलीमा उपचार भइरहेका छन् ।
दुर्घटनामा परी मन्थली नगरपालिका ४ बस्नेल ३४ वर्षीय सिता नेपाली,२५ वर्षीय सुजिता रसाइली,६९ वर्षीय दिलीप बरुवाल ४२ गुणमाया थापामगर, २५ वर्षीय सरिता नेपाली,५ महिनाको बालक रोनिसा नेपाली घाइते भएका छन् ।