रामेछाप । मन्थली नगरपालिका १२ मा कार्यरत वडा सचिब शिवकुमार महतो निलम्बित भएका छन् । मन्थली नगपालिका वडा नम्बर ३ कठजोरमा कार्यरत रहदा सचिब महत्तोले झुटो बिबरण पेश गरी सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेपछि तत्कालीन मन्थली–३ का सचिव निलम्बिनमा परेका हुन ।
सचिब महत्तोले श्रीमान जिबित रहदा रहदै मृत्यु दर्ता बनाई समेत श्रीमती निर्मला खत्रीलाई एकल भत्ता खुवाउदै आएको समाचार बाहिर आए संगै अख्तियारले मुद्दा दर्ता गरे पछी महतोलाई नगरपालिकाले निलम्बन गरेको छ ।
त्यसपछि आइतबार देखि लागू हुने गरी सचिव महत्तो निलम्बनमा परेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए । बुढाथोकीले भने ‘मुद्दा दर्ता भएपछि उहाँ स्वतः निलम्बित हुने व्यवस्था छ । नगरपालिकाले पत्र प्राप्त भएपछि आइतबार बाट लागुहुने गरी निलम्बन गरिएको छ’
सूचना अधिकारी बुढाथोकीका अनुसार सचिव महत्तोले निलम्बित भएको मितिदेखि मुद्दाको किनारा नलाग्दा सम्म तलब भत्ता पाउने छैन । यदि मुद्दा उनको पक्षमा आयो भने सो अवधिको समेत पाउने व्यवस्था रहेको महाशाखा प्रमुख बुढाथोकीले बताए ।
अख्तियारले जीवित व्यक्तिको नाममा झुटा विवरण तयार पारेर भत्ता खुवाएको ठहर गर्दै ४५ हजार २ सय २० रुपैयाँ सरकारलाई हानी नोक्सानी’ गरेको उल्लेख गर्दै सोही बराबरको बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरेको जनाएको छ ।