रामेछाप । काठमाण्डौं प्रहरीले रामेछापका तीनजनालाई साढे दुई किलो बिष्फोटक पदार्थ युरेनियम सहित काठमाण्डौंवाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रामेछापको लिखुतामाकोशी गाउँपालिकाका ४० वर्षिय नारायणसिंह तामाङ, वर्ष ४० की जानुका तामाङ, रामेछापका २० वर्षिय प्रकाश चौहान रहेका छन् भने सोही घटनामा संलग्न अर्का छिमेकी जिल्ला सिन्धुलीका २० वर्षिय मनोज न्यौपानलेलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बिष्फोटक पदार्थ काठमाण्डौंको बौद्धमा लुकाई राखेको सुचनाको आधारमा पक्राउ गरिएको महानगरिय प्रहरी कार्यालय काठमाण्डौंका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।
उनका अनुसार– अभियुक्तहरुले दिएको बयान अनुसार उनीहरुले २० वर्षअघि नै भारतको एउटा खानीवाट युरेनियम ल्याएको बताएका छन् । भारतवाट ल्याएको उक्त विष्फोटक पदार्थ काठमाण्डौंको बौद्धमा भण्डारण गरि रहेको अवस्थामा शुक्रवार प्रहरीले बरामद गरेको हो । उक्त बिष्फोटक पदार्थको मूल्य ५ अर्ब रुपैयाँ भन्दा बढी हुन आउने जानकारी दिए ।
नेपालमा बरामद गरेको यति ठूलो परिणामको युरेनियम पहिलो पटक हो । जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो । यो पारमाणविक भार भएको रेडियोधर्मी धातु ुभएकार यसलाई सबैभन्दा मूल्यवान धातुका रुपमा लिइने गरेको प्रहरीले जनाएको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...