देउसी खेल्न हिडेका दुईजना पैदलयात्रीको बसको ठकरबाट ज्यान गएको छ । हेटौंडाबाट नारायणगढका लागि छुटेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिँडेका पैदल यात्रुलाई ठक्कर दिदा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसले ठकर दिदा दुई जनाको ज्यान गएको हो । अन्य आठ जना पैदल यात्रु घाइते भएका छन् । बसको ठक्करबाट हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीका २० वर्षका सुरज विष्ट र चितवन पिप्ले–३ का ३४ वर्षका प्रेमबहादुर सिंह ठकुरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
घाइते आठ जनामध्ये पाँच जनाको चुरेहिल अस्पतालमा र अरू तीन जनाको चितवनमा उपचार गरी सात जना डिस्चार्ज भएका छन् । एक जनाको चितवनमा उपचार भइरहेको छ । घटनापछि बसमा आगजनी भएको छ ।
आगो निभाउन पुगेको दमकल पनि स्थानीय बासिन्दाले तोडफोड गर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको छ । लाठीचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल घाइते भएका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...