सुर्खेत । जिल्ला अदालत सुर्खेतले बलात्कार गरेको भन्दै झुठो आरोप लगाउने युबतीलाई ३ वर्ष ६ महिनाको जेल सजाए सुनाएको छ । २०७७ साल असोज ५ गते ति महिलाले वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफुलाई फकाएर होटलमा लगी बलात्कार भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन । अदालत स्रोतकाअनुसार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन् । झुठो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको हो,
जिल्ला न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजालसले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई तीन वर्ष ६ महिना कैद सजाय तोकेको हो । ’श्रेष्तेदार यामप्रसाद बास्कोटाले भने, ’कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेका छौं ।’
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...