काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमल पेट्रोल तथा डिजेल÷मटितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १सय १८ र डिजेलको १ सय १ रुपैयाँ पुगेको छ ।
हवाई ईन्धन (आन्तरिक उडानतर्फ)को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेर ७४ रुपैयाँ पुर्याएको गरिएको छ ।
एलपी ग्यास तथा हवाई इन्धन (आन्तर्राष्ट्रिय उडान तर्फ)को खुद्रा बिक्री मूल्य यथावत नै राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
यो मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू. ९.३५, डिजेलमा प्रति लिटर रू. ५.८० र एलपी ग्यासमा प्रति सिलिण्डर रू. ३९२.८२ घाटा कायम रहने जानकारी दिए । अर्धमासिक रूपमा निगमलाई करिब १ अर्व २७ करोड ७० लाख घाटा रहिरहने उपाध्यायले जानकारी दिए ।
सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरिने उनले बताए । पछिल्ला महिनामा सरकारले बिभिन्न बहानामा पटक–पटक पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गर्दै आएको छ ।