चितवन । सबारीसाधन चेकजाँचको क्रममा डिउटीमा खटिएका प्रहरीलाई १ सय रुपैयाँ घुस रकम दिन खोज्ने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपुरको बुलिङटार गाउँपालिका वडा नं–२ देउरालीका ३२ वर्षिय भरत लुंगेली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । चालक लुंगेलीले शनिवार राति भरतपुर महानगरपालिका वडा नं–३ पुल्चोकमा ना ३ ख २३२२ नम्बरको ट्रकलाई रोकी कागजपत्र चेकजाँच गर्ने क्रममा प्रहरी हवल्दार हरिबहादुर घर्तीमगरलाई चितवन राइस मिल समितिको चलानी पत्रभित्र १ सय रुपैयाँ घुस राखेर दिएका थिए ।
चालक लुंगेलीले आफुसँग सवारी चालक अनुमती पत्र नभएको भन्दै यसो मिलाइदिनुु परो भन्दै उक्त १ सय रुपैयाँ प्रहरीलाई घुुस बापत दिएका थिए । प्रहरीले चालक लुंगेलीलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।