रामेछाप । पश्चिमी वायुको प्रभाबले बिहिवार उपत्यका काठमाण्डौं सहित पहाडी भू–भागमा अपराह्नपछि मौसममा बदली भई पानी पर्ने भएको छ । प्रि–मनसुनको समय नजिकीएकै कारण मौसममा परिर्वतन आएको हो ।
शुक्रवार देखी दुई–तीन पहाडी भू–भागमा मौसममा आशिंक बदली भएपनि ठूलो पानी पर्ने सम्भावना भने छैन् । तापक्रम बढ्दा स्थानीय वायुको प्रभाव बढ्ने र केही समयमै मौसममा फेरबदल हुने भएकाले मार्च महिनादेखी शुरु हुने प्रि–मनसुन मेसम्म चल्ने बरिष्ठ मौसमबिद् मीनकुमार अर्यालले जानकारी दिए ।
उनले भने– प्रि–मनसुनको प्रबृत्ती दिनमा घाम लाग्ने र अपराह्न र साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने हुन्छ । देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही अन्य भू–भागको मौसम सामान्यतया सफा रहेको छ । प्रदेश नं २ र बागमती प्रदेशका पहाडी भू–भागमा अपराह्न देखी मौसममा आंशिक बदली भई पहाडी भू–भागका केही ठाउँमा हल्का वर्षात हुने र देशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का हिमपात हुने सम्भावना रहेको मौसमबिद् आचार्यले बताए ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार प्रदेश नं १ र २ लगाएतक देशका पहाडी भू–भागमा शुक्रवार मौसममा सामान्य बदली हुने र उच्च पहाडी तथा हिमाली भू–भागका केही ठाउँमा वर्षात हुनसक्ने जनाएको छ । महाशाखाको पछिल्लो बिवरण अनुसार बिहिबार काठमाण्डौं उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव शून्य र अधिकतम तापक्रम २३ दशमलव ३ डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम विहिवार माइनस तीन दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।