रामेछाप– नेकपा एमाले रामेछापले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलामा नजान अपिल गरेको छ । मंगलबार जिल्ला पार्टी कार्यालय मन्थलीमा पत्रकार सम्मेलन गरी पार्टीको विधि र विधान विपरित आयोजना गरेको गुटगत भेलामा नजान आग्रह गरेको हो । यदि पार्टीको आग्रह र अनुरोधलाई ब्यवास्था गर्दै कुनै गुट तथा समुहको भेलामा गए पर्टीबाट कार्बाही समेत गरीने नेकपा एमाले रामेछापका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले बताए । माधवकुमार नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेला पार्टीको हित भन्दा पनी पार्टीलाई कमजोर बनाउने खेलमा भएको भन्दै उक्त भेलामा नजान नेता तथा कार्यकर्तालाई जानकारी गराएको भन्दै पार्टीको अनुरोध लाई नमाने कार्बाही हुने अध्यक्ष श्रेष्ठले बताए ।
नेकपा एमालेले अपिल जारी गर्दै नेकपा एमाले केन्द्रिय कमिटिको नामको दुरुपयोग गरी २०७७ चैत्र ४ र ५ गते काठमाण्डौमा आयोजना गरिएको भनिएको कथित राष्ट्रिय भेलामा सहभागी हुन भनि नेकपा एमाले रामेछाप सँग आवद्ध नेता, कार्यकर्ता तथा सदस्यहरुलाई विभिन्न माध्यमबाट झुटा सूचना जारी गरिएको प्रति नेकपा एमाले जिल्ला कमिटिको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा एमाले अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियाद्वारा हस्तक्षरित अपिल पत्रमा लेखिएको छ– ‘काठमाण्डौमा आयोजना गरिएको भनिएको कथित भेला र बैठकहरु आम कार्यकर्ताहरुको रगत र परिनाबाट निर्माण भएको प्राण भन्दा प्यारो पार्टी नेकपा एमालेलाई कमजोर बनाउने, बिभाजन गर्न तर्फ सहयोग पु¥याउने कुत्सित मनसायले गरिएको होकि भन्ने गम्भिर आशंका पैदा गरेको छ उक्त अपिल पत्रमा भनिएको छ ।