रामेछाप । चितवनको नारायणगढबाट बिएर लिएर रामेछाप तर्फ आउँदै गरेको प्रदेश २–०३–००६ ख ४७६२ नम्वरको ट्रक मंगलवार दुर्घटना हुँदा ट्रक चालकको ज्यान गएको छ ।
ट्रक दुर्घटनामा परि ज्यान गुमाउनेमा भरतपुर महानगरपालिका वडा नं ८ चितवनका २८ वर्षिय सूर्यवहादुर भाट रहेका छन् । चालक भाटको घटनास्थलवाट उद्धार गरि उपचारको लागि छिमेकी जिल्ला सिन्धुलीको खुर्कोटमा रहेको शुभजीवन अस्पतालमा तर्फ लैजाने क्रममा विच वाटोमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ट्रकमा चालक र सह–चालक गरि दुईजना सवार थिए । गाडीमा रहेका सह–चालक भने हामफालेर बाच्न सफल भएका छन् । ट्रक मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको मसानटार स्थित सडकमा अनियन्त्रीत भई सडकवाट करिव ३ सय मिटर तल तामाकोशी नदी छेउमा खसेको थियो ।