रामेछाप । गुम्बाभित्रै अनैतिक क्रियाकलाप गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीभण्डार स्थित प्रशिद्ध ङग्युर पल्युल छेवाङ छयोइलिङ गुम्वाका पुजारी लामा गुरु गुम्वाबाटै पक्राउ परेका छन् ।
उमेरले ६२ वर्षका प्रमुख लामा सर्की शेर्पाले स्थानिय २४ वर्षिय एक युवतीसँग गुम्वाभित्रै आपत्तिजनक अवस्थामा स्थानियहरुले देखेपछि प्रहरी चौकी बाम्तीभण्डारमा खबर गरेका थिए । प्रहरीले घटनामा संलग्न दुबैजनालाई मंगलावर पक्राउ गरि बुधवार जिल्ला सदरमुकाम मन्थलीमा ल्याई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
घटनामा संलग्न दुबैजनालाई जिल्ला प्रशासन कार्यालय रामेछापवाट आजै १० दिनको थुनामा राख्ने म्याद थप गरि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार सांस्कृतिक मूल्य मान्यता, सामाजिक सदाचार र नैतिकता विपरित क्रियाकलाप गरेको अभियोगमा मुलुकी संहिता २०७४ को दफा १२३(१) बमोजीम सार्वजनिक स्थानमा यौन क्रियाकलाप गर्न नहुने कसुरमा मुद्धा चलाइने छ ।