खुर्कोट पुल पुनः निर्माण कार्य सकेर फर्किए राज्य मन्त्री कान्छाराम

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट पुलको पुनः निर्माण कार्य सम्पन्न गरेर ऊर्जा जलस्रोत तथा सिँचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) काठमाण्डौं फर्कनु भएको छ । खुर्कोट पुलको पुनः निर्माणको काम सम्पन्न गर्न सबै काम छाडेर लागिपरेका राज्यमन्त्री तामाङ पुल पुनः निर्माणको काम सम्पन्न भए लगतै काठमाण्डौं फर्कनु भएको हो । 

असोजको १२ गते आएको बाढीले सुनकोशी नदीमा रहेको खुर्कोट स्थित मोटरेबल पुलको २ स्पान मध्ये रामेछाप तर्फको १ स्पान बगाएको थियो । पुल बगेपछि रामेछाप जिल्ला राजधानी र तराई संगको सम्पर्कबाट विच्छेद वनेको थियो । खुर्कोट पुल बगेपछि बैकल्पिक सडकको रुपमा सित्खाको पुल भएर काठमाण्डौं र तराई जान बाध्य रामेछापेलीले मंगलबार देखि खुर्कोटको पुलबाटनै सहज यात्रा गर्न पाउने भएका छन् ।
जिल्लाको लाईभलाईनको रुपमा रहेको उक्त पुल बगे देखिनै नेपाल सरकारबाट उक्त स्थानमा बेलिब्रीज राख्ने र सो बेलिब्रीजको निर्माण गर्ने जिम्मा नेपाली सेनालाई दिने सरकारको निर्णय गराउन देखि आफै खटेर सामाग्रीको व्यवस्थापन गरी खुर्कोट आएका राज्य मन्त्री तामाङ आईतबार पुल निर्माण पुरा भएपछि मात्र काठमाण्डौं फर्केका हुन् । उनले खुर्कोटको बेलिब्रीज तयार नभए सम्म काठमाण्डौं नफर्कने वताएका थिए ।
खुर्कोटमा रहेको सुनकोशी नदीको पुल राख्ने रामेछाप तर्फको जग आसपासको ग्याबियन लगाएतको निर्माण कार्यमा राज्य मन्त्री आफैले श्रम गरेका थिए । श्रममा मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ र अन्य जनप्रतिनिधि समेत सम्लग्न थिए । पुल निर्माणका लागि कुनै पनि कुराको कमी हुन नदिन राज्यमन्त्री तामाङले नेपाली सेना र स्थानीय सरकार संग आवश्यक समन्वय गरेका थिए । दशैंको टीका लगाएपछि दोश्रो दिन उनी खुर्कोटको पुल निर्माणलाई तिव्रता दिन निर्माण स्थलमा पुगेका थिए ।
झण्डै ५३ मिटर लामो उक्त पुल नेपाली सेनाका प्रमुख सेनानी नारायण तुम्बाहम्फेको नेतृत्वमा रहेको प्राविधिकको टोलिले जडान गरेको हो । पुल जडान कार्य आईतबार सकिएको भएपनि मंगलबारबाट मात्र यातायात संचालन गर्ने तयारी भएको छ ।

असोज १२ गते आएको बाढीले पुल बगाएपछि राज्यमन्त्री तामाङले तिहार भित्र जसरी पनि पुल पुनः निर्माणको काम गर्ने र तिहार सम्म खुर्कोको पुल सञ्चालनमा ल्याउने अठोट गर्नु भएको थियो । सोही अनुसार नेपाली सेनाले काम सम्पन्न गरे सँगै राज्य मन्त्री तामाङ काठमाण्डौं फर्कनु भएको हो । काम सम्पन्न नभए सम्म राज्य मन्त्री तामाङ खुर्को टमै बस्नु भएको थियो । देश भर बगाएका २४ वटा पक्की पुलहरू मध्य राज्य मन्त्री तामाङको प्रयासमा सिन्धुली रामेछाप जोड्ने पक्की पुलको काम सबै भन्दा पहिला सम्पन्न भएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...