काठमाडौँ । कोरोना संक्रमण बाट नेपालमा पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा गरी २४ घण्टाको अवधिमा ५८ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ जना र ६ सय १६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो ।