रामेछाप । सरकारले कोरोना बीमा दाबी गरेकाहरुले सहज रुपमा सेवा नपाएको प्रति आफ्नो गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले बीमा सम्वन्धी जरुरी सूचना निकालेर कोरोना बीमितहरुले विभिन्न सङ्घसंस्थाहरुमा गर्नुपर्ने कुदाकुद अनावश्यक दुःख दिइरहेको भन्दै बीमा दाबीको लागि प्रक्रियामा रहेका वा प्रमाणीकरण भएका बीमितहरुको विवरण सार्वजनिक रुपमा अद्यावधिक गर्न बीमा कम्पनीहरुलाई अनुरोध समेत गरेको छ ।
यस्तै स्वास्थ्य मन्त्रालयले केही प्रयोगशालाले कोरोना परीक्षणको विवरण इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा नपठाएको भन्दै तत्काले विवरण पठाउन निर्देशन समेत दिएको छ । भुक्तानीको विवरण नपठाएको कारण रुजु गर्दा नमिलेर बीमितले रकम नपाएमा सम्वन्धीत प्रयोगशाला जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रालयले विवरण समयमा नपठाउने प्रयोगशालाको सम्वन्धन नै खारेज गर्ने चेतावनी समेत दिएको छ ।
कोरोना बीम दाबी रकमको प्रमाणीकरण गर्न गठन गरेको टोलीले १८ हजार भन्दा बढी विवरणहरु मध्ये १५ हजार भन्दा धेरैको प्रमाणीकरण गरिसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।