काँग्रेसलाई अर्थमन्त्रालय नदिएपछी मधेश प्रदेशमा मुख्य मन्त्रीको कुर्सी हल्लियो

जनकपुर । नेपाली काँग्रेसलाई मधेश प्रदेशमा अर्थ मन्त्रालय नदिने भएपछी मुख्यमन्त्री सतिश सिंहको कुर्सी हल्लिएको छ । नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले अर्थमन्त्री सहित ४ मन्त्री नेपाली काँग्रेसलाई दिने सहमती भएको बताएका छन् । सहमती अनुसार आफुहरुलाई अर्थमन्त्रालय नदिए आफुहरु आफ्नै नेतृत्वमा सरकार बनाउने बताएका छन् । कांग्रेससँग सत्ता सहकार्यबारे सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र जसपा नेपाल बाहिरिएका छन् ।


केन्द्रमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टी तयार भएपछि मधेशका मुख्यमन्त्री सतिश सिंहले २२ असारमा माओवादी केन्द्रसहित चार दलका मन्त्रीलाई बर्खास्त गरेका थिए । चार दलका मन्त्रीलाई बर्खास्त मात्रै गरेनन्, त्यही दिन प्रदेशसभाबाट मुख्यमन्त्री सिंहले विश्वासको मत लिए । र, मुख्यमन्त्री सिंहलाई उनको दल जनमत पार्टीसँगै कांग्रेस, एमाले र लोसपा नेपालले विश्वासको मत दिए ।
तर, विश्वासको मत लिएको चार दिन भइसक्दा पनि मुख्यमन्त्री सिंहले कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउन सकेका छैनन् । नयाँ गठबन्धनको प्रमुख साझेदार कांग्रेस आफूसँग भएको सहमतिअनुसार मुख्यमन्त्री सिंहले अर्थ मन्त्रालय दिन नमानेको भन्दै सरकारमा सहभागी हुन राजी भएको छैन । त्यही कारण मुख्यमन्त्री सिंहले सरकार विस्तार गर्न सकेका छैनन् ।


कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवका अनुसार अर्थसहित चार मन्त्रालय कांग्रेसले पाउने सहमति भएको थियो । तर, विश्वासको मत पाएपछि मुख्यमन्त्री सिंहले सहमति कार्यान्वयन गर्न अनाकानी गरेको सभापति यादवको आरोप छ । यस्तै लोसपाले गृह मन्त्रालयसहित दुई मन्त्रालयमा दाबी गरेको छ । तर, मुख्यमन्त्री सिंह भने लोसपालाई एक मन्त्री र एक राज्यमन्त्री दिने पक्षमा छन् ।
सहमतिअनुसार मुख्यमन्त्री सिंहलाई विश्वासको मत दिएको बताउँदै कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘अहिले जनमतले विश्वासघात गरेको छ । यसले गठबन्धनमा असर गर्छ ।’ सहमति कार्यान्वयन नगरेको भन्दै कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने तयारी अघि बढाएको छ । तयारीस्वरुप मंगलबार जसपा नेपाल, एमाले र लोसपासँग कांग्रेसले छलफल गरेको थियो । कांग्रेस स्रोतका अनुसार छलफलमा जसपा, एमाले र लोसपा कांग्रेस नेतृत्वलाई स्वीकार्न तयार छन् । मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुअघि एमालेले पाएका चार मन्त्रालय यथावत रहने गरी माओवादी र नेकपा एसले सम्हाल्दै आएका अर्थ, ऊर्जा, सिँचाइ तथा खानेपानी, उद्योग वाणिज्य तथा पर्यटन र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कांग्रेसलाई र लोसपालाई गृह, सञ्चार तथा कानुन मन्त्रालय र राज्य मन्त्री दिने सहमति भएको कांग्रेस नेताहरू बताउँछन् ।


आइतबार भएको बैठकमा कांग्रेसले अर्थ मन्त्रालय नपाए सरकारमा नजाने अडान लिएको थियो । मुख्यमन्त्री सिंहले भने पार्टीको हाइकमाण्डले अर्थ मन्त्रालय आफैँसँग राख्न निर्देशन दिएकाले दिन नसकिने बताएपछि कांग्रेस बैठक छोडेर हिँडेको थियो । कांग्रेस नेताहरू बैठक छोडेर हिँडेपछि लोसपाका नेताहरू पनि बाहिरिएका थिए । कांग्रेस मधेश प्रदेश उपसभापति वीरेन्द्र सिंहले आफ्नो पार्टीले अर्थ मन्त्रालय नपाए जनमत नेतृत्वको सरकारमा सहभागी नहुने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताए ।


९ सिट भएको माओवादी केन्द्रलाई जनमतले अर्थ मन्त्रालय दिन सक्ने तर २२ सिट भएको कांग्रेसलाई अर्थ मन्त्रालय दिन किन नसक्ने ? भन्ने प्रश्न गर्दै उनले भने, ‘कांग्रेसलाई कसैको कृपा चाहिएको होइन । बरु आफ्नै नेतृत्वको सरकार बनाउन पहल थाल्छौँ ।’ लोसपाका संसदीय दलका नेता उपेन्द्र महतोले गृहसहित दुईवटा मन्त्रालय नपाएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताए । ‘सहमतिअनुसार हामीले दुईवटा मन्त्रालय पाउने हो । तर, दुईवटा मन्त्रालय नदिए सरकारलाई बाहिरबाट समर्थन गर्छौं र सरकारमा जाँदैनौँ,’ उनले भने ।


मुख्यमन्त्री सिंह भने आफू सहमतिबाट पछि नहटेको दाबी गर्छन् । ‘गठबन्धनभित्र कांग्रेसलाई ४ र लोसपालाई एक मन्त्रीसहित एक राज्यमन्त्री दिने सहमति भएको हो । तर, कसलाई कुन मन्त्रालय दिने भने विषयमा सहमति भएको थिएन । त्यो पछि न्योचित हिसाबले टुंगो लगाउने कुरा भएको थियो,’ मुख्यमन्त्री सिंहले भने । विगतमा भएको गल्तीलाई नदोहो¥याउने मुख्यमन्त्री सिंहको भनाइ छ । कांग्रेसलाई अर्थ मन्त्रालय चाहिएको हो भने केन्द्रीय गठबन्धनमै सहमति गर्नुपर्ने मुख्यमन्त्री सिंहले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

खुर्कोटमा बेलिबृज जोडियो – शनिबार देखी नै सवारी साधन संचालन गर्ने तयारी

रामेछाप । रामेछाप र सिन्धुली जोड्ने खुर्कोट जोड्ने बेलिबृज जाडिएको छ । गत असोज १०,११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पक्की पुल सुनकोसी नदीले बगाएको थियो ।बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका...

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

सिआइबीका वरिष्ठ सइ सुर्य भक्त श्रेष्ठ लाई प्रहरी मध्यकै सर्बोत्कृष्टक अनुसन्धान अधिकृत पुस्कारबाट सम्मानीत

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६९औं प्रहरी दिवस २०८१ सम्पन्न भएको थियो ।  प्रधानमन्त्री ओलीले ‘६९औं प्रहरी दिवस २०८१’ लेखिएको ब्यानर सहितको बेलुन उडाएर विशेष समारोहको औपचारिक...