काठमाडौं । प्रधानमन्त्री बन्न दिने हो वा हैन भन्ने छटपटीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली देखीएको छ भने सहमती कार्यन्वयन गर्न दिने हो हैन भन्ने तनाबमा कांग्रेस सभापती शेरबहादुर देउवा रहेका छन् ।
दुई ठूला दल मिलेर सरकार बनाउने सहमति गरेपछि राजनीतिमा अनेक टिप्पणी चल्न थालेका छन् । सरकारको नेतृत्व एमालेले गर्ने सहमतिलाई कांग्रेसले प्रमुख महत्व दिइरहेका बेला विश्वासको मत लिनेदेखिका प्रक्रियाले भने दलहरु नयाँ नयाँ आशंकाले झस्किएका छन् ।
३२ सिटको माओवादी केन्द्रलाई सत्ता नेतृत्व दिदा अस्थिरता पैदा भयो भन्ने बुझाईका साथ संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सत्ता सहकार्यको सहमति गरिसकेका छन् ।
संविधान संशोधनको मुद्दालाई समेत बोकेका दुई दलले राष्ट्रिय सहमतिको सरकार भनिरहेका छन भने संविधान संशोधन अग्रगमनका लागि हुने दाबी कांग्रेसको छ ।
कांग्रेसले संविधान संशोधनको विषयलाई प्रष्ट पार्न खोजेपनि अन्योलता र डर बने पैदा भएको छ । संविधान संशोधनको मुद्दाका कारण राष्ट्रिय सहमति भनिएको सरकार गठनको प्रक्रिया विश्वासको मतसँगै थप संसयतर्फ लागेपछि कांग्रेस प्रष्टीकरणमा समय व्यतित गर्न थालेको छ ।
कांग्रेसले संविधानको धारा ७६ को उपधारा २ अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्ने भन्दै उपधारा ३ मा नजाने जिकिर गरिरहनु परेको छ । एमालेलाई विश्वासमा लिनकै लागि भएपनि यो विषय कांग्रेसले जप्नुपर्ने स्थिति देखिन्छ ।
कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई असार २८ गते विश्वासको मत नदिने र ओलीको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै गर्दा विश्वासको मतपछि के होला भन्ने अन्योलता कायमै छ ।
कांग्रेसमाथि एमालेले अविश्वास नगरोस भन्ने विषयलाई विचार गर्दै कांग्रेस यस अवस्थालाई मत्थर बनाउन सक्रिय बनेको छ । तर, कांग्रेसकै अर्को पक्ष निरन्तर प्रधानमन्त्री प्रचण्डसँग सम्वादमा जोडिएकाले सत्ता सहकार्य लामो समय जान सक्ला ? वा यसबीचमै अन्य कुनै ट्विस्ट आउला ? प्रश्न र सन्देह बढेको छ ।