इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका लागि सबै देश एकजुट हुनु पर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताएका छन् । शुक्रबार एक सयभन्दा बढी मुलुकको भर्चुअल सम्मेलन बोलाएर इजराइल–हमास युद्धका कारण बढ्दो चुनौतीको सामना गर्नका सबै देश एकजुट हुन विकासशील देशका नेताहरूलाई आग्रह गरेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले भने “यो समय ग्लोबल साउथ मुलुकहरू बृहत्तर विश्वव्यापी हितका लागि एकजुट हुनुपर्छ”
गत सेप्टेम्बर २० मा शीर्ष विश्व अर्थतन्त्रहरूको समूहको बैठकका क्रममा गरिएका निर्णयको पालना गर्न भ्वाइस अफ ग्लोबल साउथ शिखर सम्मेलन बोलाइएको हो । सेप्टेम्बरको बैठकमा नयाँदिल्लीले कूटनीतिक सफलता हासिल गरेको र यसमा अफ्रिकी सङ्घलाई एउटा सदस्यका रूपमा जोडिएको दाबी गरेको थियो ।