रामेछाप । सेवाग्राहीसँग घुस बापत लिएको रकम भुईमा फालेर धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत फरार भएका छन् ।
अध्यक्ष राउतले भवन निमार्ण सम्पन्न भएपछि भुक्तानी दिने भन्दै सेवाग्राहीसँग घुस बापत रकम मागेका थिए । सेवाग्राहीसँग अध्यक्षले घुस मागेको सूचना अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले थाहा पाएपछि अख्तियारको टोली खटिएको थियो । सेवाग्राहीसँग रकम लिएर अध्यक्ष राउत भाग्ने क्रममा अख्यिारको टोलीलाई देखेपछि अध्यक्ष राउतले ८ लाख रुपैयाँ भुईमा नै फालेर फरार भएको अख्तियारको टोलीले जनाएको छ ।
सेवाग्राहीसँग लिएर भुईमा फालेको ८ लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्ष राउतका सवारी चालक बीरवहादुर मगरलाई प्रहरीले प्रक्राउ गरेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...