काठमाडौँ । आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पताल भर्ना भएका छन् । उनीे छातीमा समस्या देखिएपछि शुक्रबार राति अस्पताल भर्ना भएका हुन् ।
चलचित्र ‘रावायण’मा काम गर्ने सहमति जनाएर पैसा लिएर सुटिङमा नआई ठगी गरेको भन्दै सुदर्शन फिल्म्सले उनीविरुद्ध उजुरी दिएको थियो । सोही उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । अभिनेता केसीलाई आइतबार अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।