अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापलाई ५ स्वर्ण सहित ७ पदक

Written by meropradesh creator

१ चैत्र २०७७, आईतवार

छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ मा रामेछापले ५ स्वर्ण सहित ७ पदक जित्न सफल भएको छ । काठमाण्डौको ठमेलमा रहेको डोजोमा आयोजना भएको छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ प्रतियोगितामा भारतको चार प्रान्त र नेपालका ६ जिल्ला गरी जम्मा १० टिम सहभागी रहेको थियो ।
भारतको चार प्रान्त र नेपालका ६ जिल्लाका खेलाडी बीच शुक्रबार र शनिबार भएको कुमोते र काता खेलमा रामेछापले ५ स्वर्ण सहित ७ पदक जितेको हो । कुमोते तर्फ ७० केजीमा दिक्षित थापा, ५५ केजीमा विशाल केसी, ५५ केजीमा सम्झना माझी र ५० केजीमा सरोज माझीले स्वर्ण पदक जितेका छन् । त्यस्तै कातामा सम्झना माझीले एक स्वर्ण पदक जितेकी छिन् । त्यसैगरी कुमोते तर्फ ६० केजीमा सदिक्षा खड्काले कास्य पदक जितेकी छिन् भने काता तर्फ बिमल सिंजालीमगले पनि कास्य पदक जितेका छन् ।
दुई देशबीच भएको खेलमा रामेछाप सहित ६ जिल्लाका खेलाडीले १७ स्वर्ण पदक हात पारेर नेपाललाई पहिलो बनाएको नेपाल तर्फका कोच शुक्र माझीले जानकारी दिए । ठमेल डोजोका आयोजनामा भएको छैठौं अन्तराष्ट्रिय कराते च्याम्पियनशिप–२०७७ प्रतियोगितामा भारतका १ सय ५० भन्दा बढी खेलाडीको सहभागीता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

बागमती प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन

मकवानपुर । बागमती प्रदेश सभामा पहिलो पटक नेवार र तामाङ भाषा बाट प्रदेश सांसदहरूले सम्बोधन गरेका छन् ।  बागमती प्रदेश सरकारले सरकारी कार्यालयमा काम काजको भाषाको रूपमा वैशाख २४ गते देखी मान्यता दिने घोषणा गरे सँगै आजको प्रदेश सभामा नेवार र तामाङ भाषा बाट सम्बोधन...

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

मुख्य मन्त्रीलाई सम्मान पत्र सहित खादा र ब्याच मन्त्रालयमै

हेटौडा । बागमती प्रदेश सरकारका मुख्य मन्त्री सालिकराम जमरकट्टेललाई ठुलिमदौ लिफ्ट सामुदायिक खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष यमबहादुर थापाले मन्त्रालयमै पुगेर सम्मान पत्र सहित खादा र ब्याच दिएका छन् । बागमती प्रदेश सरकारको लगानीमा रामेछापको मन्थली नगरपालिका...

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

आगलागी पीडितलाई तरुण नेताहरू द्वारा नगद सहित आवश्यक राहत सहयोग

रामेछाप । नेपाली काँग्रेसका तरुण नेताहरूले आगलागी पीडित परिवारलाई नगद सहित आवश्यक सहयोग गरेको छ ।  यही वैशाख २३ गते दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नम्बर ७ थापागाँउको छेवाङ नाम्गेल तामाङको घरमा एक्कासि आगलागी हुँदा पूर्ण क्षेती भएको थियो । नाम्गेल तामाङको घर पुर्णरुपमा...