रामेछाप । बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । आज अपराह्न बसेको बैठकमा प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराएका हुन् ।
बैठकमा शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति ठाकुर प्रसाद ढकालले विज्ञान, प्रविधि, नवप्रर्वद्धन तथा विकास कोष संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक उपर समितिले गरेको निर्णयको प्रतिवेदन पेश गरेका थिए ।