रामेछाप । अनाथालयका सञ्चालकले आफुलाई बलत्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए पछी ‘असहाय बाल विकास नेपाल’का सञ्चालक विष्णु चौधरीलाई फरार भएका छन । संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछी अभियुक्त चौधरी भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले बताएको छ ।
सोही अनाथालयमा बस्ने बालीकाले कात्तिकदेखि पटक÷पटक आफुलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालयमा उुजुरी दिएकी थिइन । बालिकालाई बलात्कार गरेको उजुरी परेपछि तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित ‘असहाय बाल विकास नेपाल’ अनाथालयमा रहेका सबै बालबालिकालाई उद्धार गरिएको छ । बालबालीकालाई अहिले प्रहरीले उद्धार गरी तुलसीपुुर उपमहानगरपालिकाले सञ्चालन गरेको सेफ हाउस (बोलेरी महिला सुरक्षा आवास गृह) मा लगेर राख्ने र ९ जना बालकहरूलाई तुलसीपुरस्थित एक विद्यालयको होस्टेलमा लगेर राख्ने बताएको छ । पीडित बालिकाको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार तथा मनोपरामर्श जारी रहेको बताइएको छ । इलाका प्रहरी कार्यालय प्रमुख, तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिको जानुका शर्मा, वडा १८ का अध्यक्ष माधव वली, तुलसीपुर उपमहानगरपालिका महिला, बालबालिकातर्फबाट माया श्रेष्ठको टोली आएर उद्दार गरेको हो ।
सातदेखि १४ वर्ष उमेर समूहका १६ बालबालिकालाई टोलीले उद्दार गरेको हो । बालिकाहरूलाई तुलसीपुुर उपमहानगरपालिकाले सञ्चालन गरेको सेफ हाउस (बोलेरी महिला सुरक्षा आवास गृह) मा लगेर राख्ने र ९ जना बालकहरूलाई तुलसीपुरस्थित एक विद्यालयको होस्टेलमा लगेर राखिनेछ । पीडित बालिकाको भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार तथा मनोपरामर्श जारी रहेको बताइएको छ । ती बालिकाले सोही संस्थाका सञ्चालक विष्णु चौधरीले आफूमाथि गत कात्तिकदेखि पटक÷पटक जबरजस्ती बालात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। अभियुक्त चौधरी भने फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले बताएको छ । चौधरीलाई यसअघि पनि जिल्लाकै गढवा गाउँपालिकाकी एक बालिकामाथि भएको सामूहिक बलात्कार काण्डमा दोषी ठहर गर्दै अदालतले झन्डै दश वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो । २०६५ साल चैत १५ गते बिजौरीमा भएको सामूहिक बलात्कार काण्डपछि उपचारका क्रममा उनको मृत्यु भएको थियो ।