काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १० दिन प्रहरी नियन्त्रणमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमती दिएको छ । अब प्रसाई १० दिन प्रहरी नियन्त्रणमा रहने छन् ।
साइबर कसुरमा पक्राउ परेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले १० दिन हिरासतमा राखी अनुसन्धान गर्ने भएको छ । आइतबार पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले १० दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
प्रहरीको साइबर ब्युरोले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको थियो । सामाजिक सञ्जालमा जवाभावी बोल्दै हिँड्ने प्रसाईंविरुद्ध रास्वपाकी एक केन्द्रीय सदस्यले साइबर ब्युरोमा जाहेरी दिएकी थिइन् । त्यसै आधारमा अदालतबाट पक्राउ पुर्जी लिई प्रहरीले आइतबार उनलाई पक्राउ गरेको हो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...