५ बर्षिय बालकलाई अप्राकृतिक मैथुन गर्ने किशोर पक्राउ

रामेछाप । एक पाँच बर्षिय बालकलाई अप्राकृतिक मैथुन करणी गरेर फरार रहेका एक किशोर प्रहरी फन्दामा परेका छन् ।

बालकलाई ललाईफकाई अप्राकृतिक मैथुन गरि फरार रहेका गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडी सालबोटेका १९ वर्षिय दिपेश खड्का प्रहरी फन्दामा परेका हुन । उनले भदौ ५ गते बालक एक्लै घरमा खेलिरहेको देखेपछि बालकलाई ललाई फकाई आफ्नो घर पुर्याएका थिए । खड्काले बालकलाई शौचालयमा लगेर अप्राकृतीक मैथुन करणी गरेपछि बालक चिच्चाउन र रून थालेपछि उनी फरार भएका थिए ।

खड्काले बालकलाई अप्राकृतीक मैथुन गरेर छाडेर भागेपछि बालक रुदै घरमा गएर घटनाको बिषयमा अभिभाबकलाई जानकारी गराएका थिए । घटनापछि पिडीत परिवारले खड्का विरुद्ध किटानी जाहेर जिल्ला प्रहरी कार्यालय रामेछापमा दिएपछि सोही उजुरीको आधारमा प्रहरीले खड्कालाई पक्राउ गरेको छ । पक्राउ परेका खड्कालाई रामेछाप जिल्ला अदालतवाट मंगलवार ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अघि वढाइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए ।

Facebook Comments Box