काठमाडौँ । अफगानिस्तानबाट १२७ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनिहरु कुवेत हुँदै जजिरा एयरको विमानमार्फत आज बिहान काठमाडौँ आइ पुगेका हुन् । अमेरिकी एयर फोर्सले उनीहरूलाई अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पु¥याएको थियो । अफगानिस्तानबाट उद्धार गरिएका नेपालीलाई कुवेत र कतारको दोहामा राखिएको थियो । त्यहाँबाट काठमाडौँ अवतरण गराइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । उनीहरूलाइ अमेरिकी एयरफोर्सको विमान मार्फत उद्धार गरेर कुवेत र दोहा पुर्याइएको बताइएको थियो । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेसँगै त्यहाँबाट धेरै देशका नागरिक विस्थापति हुन थालेका छन् । अझै केही नेपाली उद्धारको पर्खाइमा रहेको जनाइएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...