स्वास्थ्यचौकी धोवीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

रामेछाप । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा रहेको स्वास्थ्यचौकी धोवीडाँडालाई पराग खड्काको समन्वयमा दुई थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको छ । विभिन्न दाताहरुको सहयोगमा पराग खड्काको समन्वयमा जिल्ला प्रहरी कार्यालयद्धारा स्वास्थ्य सामाग्री स्वास्थ्यचौकी धोवीडाँडालाइ आइतबार हस्तान्तरण गरिएको हो ।
लिखुतामाकोशी गाउँपालिकाबासी कोहि अक्सिजनको अभावले मृत्युवरण हुन नपरोस् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको दाताहरुको भनाई रहेको छ । सामाग्री बुझ्दै स्वास्थ्यचौकी धोवीडाँडा व्यवस्थापन समितिका सदस्य दामोदर खड्काले सम्पुर्ण दाताहरुलाई सहयोगको लागि धन्यवाद व्यक्त गरेका छन् । स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस रामेछापका क्षेत्र नं. १ का सचिव निरोज खड्का लगाएत नेपाली कांग्रेसका स्थानिय नेताहरुको उपस्थिति रहेको थियो । यस भन्दा अगाडी पनि विभिन्न स्वास्थ्यसामाग्रीहरु स्वास्थ्यचौकी धोवीडाँडालाई हस्तान्तरण गरिसकेको दाताहरुले जानकारी दिनुभयो ।