स्वयंसेविका दिवसको अवसरमा गालञ्जोरमा उत्कृष्ट स्वयंसेविका सम्मानित

Written by meropradesh creator

१९ मंसिर २०८०, मंगलवार

सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले भब्यरुपमा २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाएको छ । गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा दिगो विकास महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको संयुक्त प्रयास  भन्ने नारा सहित (सोमबार) आज गाउँपालिकामा भव्य रूपमा स्वयंसेविका दिवस मनाएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र कुमार पैकराको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष एव. कार्यक्रमका प्रमुख अतिथि शङ्कर राज बरालले स्वास्थ्य पालिका निर्माणमा स्वास्थ्य स्वयंसेविकाको महत्त्व पूर्ण भूमिका रहने बताएका छन् । सबै भन्दा पहिला नागरिक स्वास्थ्य रहन जरुरी रहेको भन्दै नागरिकलाई स्वास्थ्य राख्न स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयंसेविकाको उल्लेखनीय योगदान रहेको बताएका छन् । स्वास्थ्य स्वयंसेवीकाको जिम्मेवारी ठुलो र धेरै भएको तर सेवा सुविधा एकदम कम रहेको भन्दै स्वास्थ्य स्वयंसेविकाको परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गाउँपालिकाबाट गरिदिने योजना ल्याएको अध्यक्ष बरालले बताएका छन् । साथै गर्भवती महिलालाई सुत्केरी गराउन स्वास्थ्य संस्था सम्म पुर्‍याए बापत महिला स्वास्थ्य स्वयंसेविकालाई यातायात बापतको रु ४ सय उपलब्ध गराउने समेत अध्यक्ष बरालले घोषणा गरेका छन् ।
त्यस्तै गरी गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपानेले स्वास्थ्य कर्मी र स्वास्थ्य स्वयंसेविकाको कारण गाउँपालिका भित्र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको भन्दै स्वास्थ्य कर्मीहरूको प्रशंसा गरेका छन् । उपाध्यक्ष न्यौपानेले भने“ रात दिन नभनी उपचारमा यहाँहरू लागी पर्नु भएको छ । त्यस कारण आज हामी सफल भएका छौँ । गाउँपालिका बाट हामी के गर्न सक्छौ यहाँहरू र नागरिकको स्वास्थ्यको लागी हामी गर्न तयार छौँ । तपाईँहरूको सुझाव आवश्यक छ ” उपाध्यक्ष न्यौपानेले भने ।
गाउँपालिकाले कार्यक्रमको अवसरमा उत्कृष्ट तिन जना स्वयंसेविका लाई दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गर्नका साथै करुवा समेत उपहार दिएको छ । साथै २० औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पैकराले जानकारी दिए । पैकराले भने “हामीले हाजिरी जवाफ प्रतियोगिता समेत आयोजना गरेका थियौँ सो अवसरमा वडा नम्बर ४ का स्वयंसेविकाहरू प्रथम भएका छन् । त्यस्तै गरी वडा नम्बर ३ दोस्रो र वडा नम्बर २ तेस्रो भएको छ । उनीहरूलाई क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद द्वारा सम्मान समेत गरेको छ ।
कार्यक्रममा, जिल्ला रेडक्रस सभापति गौरभ कार्की, सडिस् नेपालका प्रतिनिधिहरू पालिकाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरू गाउँपालिकाका शाखा प्रमुख लगायत अन्य कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । पालिकाको सातै वडा बाट सहभागी स्वास्थ्य स्वयंसेविका लगायत कार्यक्रममा सहभागीहरू विभिन्न सन्देश मूलक ब्यानर बोकेर ग्वालटार बजार समेत परिक्रमा गरेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

नगरप्रमुख नकर्मीको निधन ( कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

नगरप्रमुख नकर्मीको निधन ( कीर्तिपुर नगरपालिकामा आज शोक बिदा

काठमाडौंको । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गए राति उपचारका क्रममा वीर अस्पतालमा उनको निधन भएको हो । नगरप्रमुख नकर्मीको निधन भए संगै किर्तिपुर नगरपालिकालु शोक बक्तव्य जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले नगरपालिका भर...

रामेछापमा पहिरोका कारण तीन किशोरीको ज्यान गयो

रामेछापमा पहिरोका कारण तीन किशोरीको ज्यान गयो

रामेछाप । पहिरोका कारण गोकुलंगा गाउँपालिका–६ फर्पुमा एकै घर परिवारका तीन किशोरीको ज्यान गएको छ । बिहीबार साँझ आएको अविरल वर्षापछि आएको पहिरोले स्थानीय विमान तामाङको घर पुरिँदा विमान तामाङकी एक छोरी र दुई नातिनीको ज्यान गएको वडा अध्यक्ष चन्द्र सुनुवारले जानकारी दिनुभयो...

विमान दुर्घटना ( मृतकको शव परीक्षण सुरु, एउटा शव चिन्न चार घण्टा लाग्ने

विमान दुर्घटना ( मृतकको शव परीक्षण सुरु, एउटा शव चिन्न चार घण्टा लाग्ने

काठमाण्डौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएकाहरूको शव परीक्षण सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा मृतक १८ जनाको शव परीक्षण सुरु भएको हो ।अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा गोपालप्रसाद चौधरीले चारवटा शव परीक्षण...