स्थानीय तहको जिल्ला समन्वय समिति द्वारा अनुगमन

Written by meropradesh creator

२ मंसिर २०७८, बिहीबार

रामेछाप । जिल्ला समन्वय समिति दोलखाले जिल्लामा रहेका ९ वटा स्थानिय तहको स्थलगत अनुगमन गरेको छ । जिल्ला समन्वय समिति प्रमुख डवल पाण्डेको नेतृत्वमा निमित्त जिल्ला समन्वय अधिकारी गिता घिमिरे, जिल्ला समन्वय समितिका अन्य पदाधिकारी तथा सदस्यहरुको टोलीले जिल्ला स्थित ९ वटै स्थानीय तह पुगेर अनुगमनलाई तिब्रता दिएको हो । आर्थिक वर्ष २०७८÷७९ को पहिलो चौमासिकमा विकास निर्माणका योजना लगायत अन्य गतिविधिहरुमा भएका प्रगतिबारे जिल्ला समन्वय समीतिले अनुगमन गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख पाण्डेले स्थानीय तहमा पारदर्शीता र सुशासन सुदृढ गर्न अनुगमन कार्यलाई प्रभावकारी बनाईएको जानकारी दिए । अनुगमनका क्रममा स्थानीय तहमा समयमै योजना सम्झौता कार्य नभएको, केन्द्रबारे निर्णय नहुँदा र विषयगत कार्यालयहरुको सेवा एकै स्थानबाट प्रवाह नहुँदा सेवाग्राहीले समस्या झेल्नुपरेको, प्रदेशका योजनाहरुबारे स्थानीय तहसँग समन्वयको अभाव रहेको पाईएको बताएका छन् ।
जिल्ला समन्वय समितिको टोलीले मंगलवार मेलुङ र तामाकोसी गाउँपालिकामा अनुगमन सम्पन्न गरेको छ । त्यसक्रममा मेलुङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्र विश्वकर्माले चालु आर्थिक वर्षमा ३ सय ९१ वटा योजना उपभोक्ता समिति मार्फत कार्यान्वयन हुनेमा २० वटा सम्झौता भएको जानकारी दिनुभयो ।
यस्तै तामाकोसी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्रका अनुसार चालु आर्थिक वर्षमा करिव ५ सय योजना कार्यान्वयन हुनेमा हालसम्म २२ वटा योजना सम्झौता सम्पन्न भएको बताएका छन् । ८ वटा योजना वोलपत्र मार्फत कार्यान्वयन हुनेछ । गाउँपालिकाको कार्यसम्पादन र सेवा प्रवाहमा जनताको खासै गुनासो नरहेको उपप्रमुख उर्मिला खड्काको भनाई छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...