रामेछाप । रामेछाप नगरपालिका वडा नं. ७ सुकाजोरमा सुविधा सम्पन्न कबर्ड हल निर्माणको काम शुरु भएको छ । १ सय ९ फिट लम्वाई र ८६ फिट चौडाई रहने कवर्ड हल भित्र भलिबल मैदान, फिटनेश (जिम) कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने रामेछाप नगरपालिकाका इन्जीनियर कुशुम भट्टराईले जानकारी दिए ।
संघीय सरकारको समपुरक कार्यक्रम अन्तर्गत ५० प्रतिशत र रामेछाप नगरपालिकाको ५० प्रतिशत बजेट साँझेदारि रहने गरि ४ करोड ५३ लाख ६५ हजार ४ सय ३३ रुपैयाँमा सो कबर्ड हल बन्न थालेको हो । नगरपालिको रणनीतिक योजना अन्तर्गत कबर्ड हल निर्माण हुन लागेको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरले जानकारी दिए । नगर प्रमुख मगरले भने हामीले सबै वडाहरुको चिनारीको रुपमा रणनीतिक योजना बनाएका छौ त्यसै अनुशार हामीले नगर पालिकाको ७ नम्बर वडा सुकाजोरमा कबर्ड हल निर्माण गर्न लागेका छौ ।
कवर्ड हलको निर्माण कार्य २०७९ साल असार मसान्त सम्ममा सम्पन्न गर्ने गरि सुनकोशी कन्स्ट्रक्सन नेपाल प्रा.लि.ले जिम्मा पाएको छ ।