सिन्धुली ः सिन्धुली जिल्लाको सात वटा स्थानीय तहमा नगर प्रहरी भर्ना गरेका छन् । जिल्लामा रहेको नौ वटा स्थानिय तहमध्ये सात वटा स्थानिय तहले नगर प्रहरी भर्ना गरेको छ भने दुई वटा स्थानिय तहले हाल सम्म नगर प्रहरी भर्ना गरेको छैन् ।
पछिल्लो पटक हरिहरपुरगढी गाउँपालिकाले चैत १ गतेदेखि गाउँ प्रहरी भर्ना गरेसँगै जिल्लामा नगर तथा गाउँ प्रहरी भर्ना गर्ने स्थानीय तहको संख्या सात पुगेको हो । हरिहरपुरगढी गाउँपालिकाले चारजना गाउँ प्रहरी भर्ना गरेको गाउँपालिका अध्यक्ष कारसाङ लामाले जानकारी दिए । गाउँ प्रहरीलाई मंगलबार सपथ खुवाएको छ । सिन्धुलीका ९ स्थानीय तहमध्ये सुनकोशी गाउँपालिका र घ्याङलेख गाउँपालिकाले मात्रै गाँउ प्रहरी भर्ना गर्न बाँकी छ ।
बाँकी दुई तहले पनि प्रहरी भर्ना गर्ने योजना बनाएको जनाएका छन् । कमलामाइ र दुधौली नगरपालिकाले १५–१५ जना नगर प्रहरी भर्ना गरेका छन् । फिक्कल गाउँपालिकाले पाँचजना, गोलन्जोर गाउँपालिकाले तीनजना, मरिण गाउँपालिकाले दुईजना, तिनपाटन गाउँपालिकाले दुईजना गाउँ प्रहरी भर्ना गरेका छन् ।
स्थानीय तहहरूको आन्तरिक शान्ति सुरक्षा व्यवस्थापनका साथै विकास निर्माणका काममा हुने अवरोधलाई अन्त्य गर्न नगर तथा गाउँ प्रहरी भर्ना गरिएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए । स्थानीय सरकार संचालन ऐन २०७४ ले स्थानीय तहलाई नगर प्रहरी भर्ना गर्न पाउने अधिकार दिएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...