सहिद दिवसको अवसरमा गेलु काँग्रेस विद्यालय सरसफाइमा

रामेछाप । सहिद दिवसको अवसरमा नेपाली काँग्रेस मन्थली नगरपालिका–११ गेलु विद्यालय सरसफाइमा जुटेको छ । समुदायमा काँग्रेस अभियान कार्यक्रम अन्तर्गत पहिलो दिन विद्यालय सरसफाइ गरेको समेत गरेको छ । पहिलो दिन मङ्गलवार शारदा मावि गेलुमा सहिदहरूको सम्झनामा मौन धारण गर्दै बिद्यालमा सरसफाइ गरेको छ । सरसफाइ कार्यक्रममा शिक्षक विद्यार्थी र अभिभावकले समेत काँग्रेसको अभियानलाई सहयोग गरेको छ । नेपाली काँग्रेसका जिल्ला प्रतिनिधि रत्नहरी ढुङ्गेल र प्रदेश प्रतिनिधि यम घिसिङको उपस्थितिमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो । 

जिल्ला प्रतिनिधि ढुङ्गेलले समुदायमा काँग्रेस कार्यक्रम अन्तर्गत पहिलो दिन आज विद्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरेको बताए । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका युवा नेता ढुङ्गेलले विद्यालयमा विद्यार्थी देखी अभिभावक र शिक्षक समेत हुने हुँदा राजनीतिक अवस्था बुझ्नका साथै आगामी योजना बनाउन समेत सुझाव लिन सहज हुने भएकोले विद्यालयमा कार्यक्रम राखिएको बताए । विद्यार्थी, शिक्षक र अभिभावक समुदायको विज्ञ हुने हुँदा सो सुझाव महत्त्वपूर्ण हुने महाधिवेशन प्रतिनिधि ढुङ्गेलले बताए ।

ढुङ्गेलले भने“ हामी समुदायमा जान्छौँ घरघर जान्छौँ । समुदायको भावना र सुझाव बुझ्छौ । समाजको राजनीतिक सामाजिक अवस्था पहिचान गछौं । सो अनुसार जिल्लामा जानकारी गराउँछौँ । जिल्ला हुँदै केन्द्रमा छलफल हुने छ । त्यसपछि काँग्रेसको महासमितिमा छलफल हुने छ सो अनुसार काँग्रेसले आगामी राजनीतिक यात्रा र राजनीतिक रणनीति तयार गर्ने छ । यो महत्त्व पूर्ण कार्यक्रम रहेको छ । यस कार्यक्रममा सबै क्षेत्र र समुदायको सुझाव लिन जरुरी छ । यो काँग्रेसको महान् अभियान हो”नेता ढुङ्गेलले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...