सशस्त्र प्रहरी परिसरमा वृक्षारोपन

Written by meropradesh creator

३० असार २०७८, बुधबार

रामेछाप । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापको परिसरमा एक कार्यक्रम बिच वृक्षरोपन सम्पन्न भएको छ ।  सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म, डिभिजन बन कार्यालय र वातावरण संरक्षण परियोजनाको सयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न गरेको हो ।
वक्षृरोपन कार्यक्रममा बोल्दै पत्रकार महासंघ रामेछापका अध्यक्ष बद्रि नयाँघरेले वातावरण संरक्षण परियोजनाले करडौंको आयोजना सञ्चालन गरीरहदा परियोजनाले बजेट भने सार्वजनीक नगरेको बताए । अध्यक्ष नयाँघरेले भने १० करोड भन्दा माथीको कार्यक्रम जिल्लामा सञ्चालन भएको सुनिएको छ तर के हो यर्थात सार्वजनीक भएको छैन ।
परियोजनाले कहाँ के गरेको छ त्यो सार्वजनीक गरीएको छैन छिटै सार्वजनीक गर्न अध्यक्ष नयाँघरेले आग्रह समेत गरे । त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेश बस्नेतले मन्थली नगरपालिका हरीयाली बनाउन यो वृक्षरोपन कार्यक्रमले ठुलो साथ दिने बताए । सुख्खा तथा रातो पाखोमा बिरुवा हुर्काउन चुनौती भएको भन्दै तत्काल पानीको ब्यवस्थापन गर्न सहयोग गर्ने पनी बताए । सशस्त्र पहरी बल नेपाल आश्रित गुल्म रामेछापका प्रमुख केशब राज प्याकुरेलले सबै बिरुवाको संरक्षणमा लागी पर्ने बताए । उनले भने तत्कालको लागी पानीको समस्या रहेको भएपनी बिरुवा संरक्षणमा आफु र गुल्म लागी पर्ने बताए ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...