समस्या झेल्दै प्रहरी

Written by meropradesh creator

२५ पुष २०७७, शनिबार

रामेछाप । जिल्लाका अधिकांस प्रहरी चौकीहरु सुरक्षित भवन नहुँदा जोखिममा रहेका छन् । जनताको सुरक्षाको लागि खटिएका प्रहरी नै भूकम्पले क्षति पु¥याएको जोखिमपूर्ण घरमा बसेर कार्यालय संचालन गर्दै आएका छन् ।
ग्रामिण भेगमा कार्यरत प्रहरीलाई कार्यक्षेत्रमा काम गर्न धेरै समस्या रहेको छ । ग्रामिण भेगमा रासन पानीको ब्यवस्थापनमा समेत समस्या रहेको प्रहरीको गुनासो छ । नागरिकको सुरक्षामा २४ सै घण्टा ड्यूटिमा खटिनु पर्ने तर सरकारले प्रहरीलाई दिनुपर्ने सेवासुविधा नथप्दा सारै समस्या भएको एक प्रहरी जवानले गुनासो गरे ।
कतिपय इलाका प्रहरी कार्यालयहरु पालमूनी सञ्चालन हुँदै आएको छ । ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयमा २३ जनाको दरबन्दी हुने भए पनि रामेछापको बेथानमा रहेको ‘ख’ वर्गको इलाका प्रहरी कार्यालयमा ९ जनामात्र प्रहरी कार्यरत रहेका छन् । भवन र कार्यालय संचालन गर्न कोठाको अभाव छ । इलाका प्रहरी कार्यालय बेथानको कार्यक्षेत्र अन्तर्गत सबै तिर सडक सुविधा भए पनि यातायातको अभावमा काम गर्न निकै कठिन भएको प्रहरीको गुनासो छ ।
इलाका प्रहरी कार्यालयमा सवारी साधानको ब्यवस्था हुनुपर्ने हो तर सवारी साधन उपलब्ध नहुँदा काम गर्न कठिन भएको इलाका प्रहरी कार्यालय बेथानका इन्चार्ज नकुल भुजेलले बताए । उनले भने– पहाडी भुगोल भएकाले कतै घटना भइहाल्यो भने समयमै पुग्न सकिदैँन । बेथान प्रहरी चौकीले माग्न त चारपाङ्ग्रे सवारीसाधन माग गरेको थियो । ढिलै भएपनि अहिले एउटा मोटर साइकल पाएका छौं । त्यसले गर्दा काममा केही सहज त भएको छ । तर पुरानो मोटरसाइकल भएकाले पटक–पटक बिग्रीएर हैरान खेप्नु परेको छ नत भनेको समयमा नत मर्मत सम्हार गर्ने ठाउँ छ । नत कार्यालयमा प्रयाप्त मात्रामा बजेटको व्यवस्था नै छ । जसोतसो काम चलाएका छौं इन्चार्ज भुजेलले जानकारी दिए ।


जिल्लामा हाल इलाका प्रहरी कार्यालय बेथानले व्यक्तिको घरमा भाडा लिएर कार्यालय संचालन गर्दै आएको छ भने इलाका प्रहरी कार्यालय चोप्राङ भने गाउँपालिकाले निमार्ण गरिदिएको अस्थायी टहराबाट कार्यालय संचालन गर्दै आएको छ । यसवाहेक जिल्ला ट्राफिक प्रहरी कार्यालय (क्वाटर), प्रहरी चौकी फुलासी, प्रहरी चौकी लुभुघाट, प्रहरी चौकी खिम्ती, प्रहरी चौकी गोकुलगंगा र प्रहरी चौकी वेताली हाल भाडाको घरमा वस्दै आएका छन् । भाडाका घरमा बस्दा प्रहरी आफै असुरक्षित हुने गरेको एक प्रहरीले आफ्नो नाम नछाप्ने शर्तमा बताए ।
उनले भने– अस्थायी टहरामा वस्दा कुनै बेला हतियार हराउने होकी भन्ने चिन्ता हुन्छ । अर्कोतीर विभिन्न घटनामा संलग्न भएका व्यक्तिलाई पक्राउ गरेर ल्याएपछि राख्ने ठाउँ छैन्, एकातिर खानेपानीको समस्या छ भने अर्कोतीर शौचालयको समेत राम्रो व्यवस्थापन छैन् । जिल्लामा भन्यो भने त्यही व्यवस्था मिलाउने भन्छन्, दुःखका साथ कार्यालय चलाउँदै आएका छौं ।
यी बाहेक प्रहरी चौकी भुजी, सेलेघाट, गौश्वारा र गाल्पाले अस्थायी रुपमा टहरा निमार्ण गरी टहरावाट कार्यालय संचालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक बशन्त पाठकले जानकारी दिए । उनले भने– प्रहरी चौकीको आफ्नै भवन नहुँदा समस्या छ भने सवै प्रहरी युनिटलाई सवारीसाधन पुर्याउन सकिएको छैन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...