समयअबधि नपुग्दै प्रजिअ शर्माको सरुवा

Written by meropradesh creator

१५ फाल्गुन २०७७, शनिबार

रामेछाप । गएको पुसमा रामेछापको प्रमुख जिल्लाको रुपमा आएका अर्जुनकुमार शर्माको दुई महिना नबित्दै सरुवा भएको छ ।
दुई महिना अघि मात्रै रामेछापको प्रमुख जिल्लाको रुपमा आएका प्रजिअ शर्माको दुई महिना नपुग्दै गृह मन्त्रालयले उनलाई सरुवा गरेको हो । कर्मचारीको सरुवा भएपछि कम्तीमा एकवर्ष सरुवा गर्न नमिल्ने नियम भएता पनि गृह मन्त्रालयले नै नियम उल्घंन गर्दै प्रजिअ शर्माको सरुवा गरेको हो । रामेछापका प्रजिअ शर्मालाई गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौंमा सरुवा गरेको हो । प्रजिअ शर्मा रामेछापका स्थानिय बासिन्दा हुन् ।


गृह मन्त्रालयले रामेछापबाट शर्माको गृहमा सरुवा गरेसँगै रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल अध्यागमनको प्रमुखको रुपमा कार्यरत गौलोचन शैजु रामेछापको प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । गौचन असअघि बाग्लुङको प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका व्यक्ति हुन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...