विनाशकारी भूकम्पको ६ वर्षमा रामेछाप

Written by meropradesh creator

१२ बैशाख २०७८, आईतवार

रामेछाप ः रामेछाप मात्र हैन नेपाल र नेपालीहरूका लागि निकै दुःखद दिनका रुपमा रहेको २०७२ सालमा गएको भूकम्पको आज ६ बर्ष पुरा भएको छ । विसं २०७२ वैशाख १२ गतेको आजकै दिन गएको विनाशकारी गोरखा भूकम्पको ६ वर्ष पूरा भएको हो ।
मध्याह्न ११ बजेर ५६ मिनेट जादा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्केलको भूकम्पका कारण रामेछापमा पनी निजी तथा सरकारी गरी हजारौ आवास भत्केका थिए ।
२०७२ साल वैशाख १२, १३ र २९ गते गएको भूकम्पबाट रामेछाप जिल्लामा ५० हजार १ सय १६ निजि आवासमा क्षति पुगेको थियो । जस मध्य ४८ हजार ८ सय ९ जनाले आवास निर्माणकोलागी सम्झौता गरेका थिए भने १ हजार ३ सय ७ जनाले निजी आवास निर्माणका लागी सम्झौतानै गरेका थिएन । सम्झौता गरेका मध्य ९६ प्रतिशतले प्रथम किस्ता बुझिसकेका छन भने ९४.७७ प्रतिसतले दोस्रो किस्ता बुझेका छन् भने ८८ प्रतिसतले निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझेका छन ।
त्यसतै गरी जिल्लामा रहेका १६ वटा सरकारी तथा सार्वजनीक भवन मध्य ६ वटा कार्यालयका ९ वटा भवनहरु निर्माण सम्पन्न भइसकेको छ भने १० वटा भवनहरुको मर्मत कार्य सम्पन्न भइसकेको छ । भुकम्पबाट जिल्लामा रहेका सरकारी तथा सामुदायिक बिद्यालय मध्य ३ सय ८९ वटा बिद्यालमा क्षेति पुगेको थियो जस मध्य ३ सय ४१ वटा बिद्यालयको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ४८ वटा बिद्यालयहरु निर्माणाधिन अवस्थामा रहेका छन् ।
रामेछापमा रहेका ३४ वटा स्वास्थ्य चौकी मध्य २ वटा स्वास्थ्य चौकीको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ३ वटा स्वास्थ्य चौकीको निर्माण कार्य जारी रहेको छ भने अन्य १९ वटा स्वास्थ्य चौकीको बोलपत्र भएर प्रबबिधीक मुल्याङकन भइरहेको पुनः निर्माण प्रधिकरणले जनाएको छ ।
भुकम्प बाट रामेछापमा क्षति पुगेको ८१ वटा गुम्बा मध्य पुर्ण निर्माण गर्नुपर्ने ४६ वटा र मर्मत गर्नुपर्ने ३५ वटा गुम्बा रहेको थियो । मर्मत गर्नुपर्ने ३५ वटा गुम्बा मध्य २९ वटा गुम्वा मर्मतको काम सम्पन्न भएको छ भने ४६ वटा गुम्बा मध्य ३ वटा गुम्बा निर्माणको कार्य जारी रहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...