लैङ्गिक हिंसा विरुद्ध रामेछापमा को जनचेतनामूलक नाटक

Written by meropradesh creator

२१ मंसिर २०८०, बिहीबार

रामेछाप । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा रामेछाप नगरपालिकाले जनचेतना मूलक नाटक प्रदर्शन गरेको छ । लैङ्गिक हिंसा सम्बन्धी नाटक मार्फत जनचेतना मूलक सन्देश प्रवाह नगरपालिकाले दिएको छ । मङ्सिर ९ गते देखी सुरु भएको अभियान अन्तर्गत आज (बिहीबार)नगरपालिकाको कार्यालय अगाडी सडक नाटक प्रदर्शन गरिएको हो ।

नगरपालिकाले आर.बि.पी.डब्ल्यु रामेछाप र समाजसेवा जागृति महिला समूहसँगको सहकार्यमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहेको छ । आर.बि.पी.डब्ल्यु रामेछाप र समाजसेवा जागृति महिला समूहका कलाकारहरूले लैङ्गिक हिंसा, महिला हिंसा, घरेलु हिंसा र पछिल्लो समय बढिरहेको प्रविधिसँग सम्बन्धित हिंसाहरूको बारेमा जनचेतनामूलक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खडका कार्कीले पछिल्लो समय महिला मात्रै नभएर पुरुषहरू पनि हिंसामा परिरहेको बताएकी छिन् । महिला पुरुष जो जसले हिंसा सहेर बसिरहेका छन् उनीहरूलाई हिंसा सहेर नबस्न समन्वय प्रमुख कार्कीले बताइन् । समन्वय प्रमुख कार्कीले भनिन्“ पुरुष बाट मात्र महिला लाई हिंसा हुन्छ भन्ने हुन्न ।महिला बाट धेरै पुरुष पनि हिंसामा परेका छन् । त्यस कारण हामी आफै यस विषयमा बढी जिम्मेवारी हुन पर्छ । हिंसा सहन पनि हुन्न । हिंसा गर्न पनि हुन्न । यो अपराध हो हिंसा सहने पनि गर्ने पनि समन्वय प्रमुख खड्काले भनिन् ।

उक्त कार्यक्रममा बोल्दै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले लैङ्गिक हिंसा अन्त्य गर्न सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्ने बताइन् । उपप्रमुख कार्कीले १६ दिने अभियान भरी मात्रै नभई वर्ष भरी नै सबै नागरिक सचेत भएर लाग्न सके मात्रै हिंसा अन्त्य हुने बताइन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...