लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान नारामा सिमीत ः प्रतिष्ठित परिवारका बुहारीनै हिंसामा

Written by meropradesh creator

१० मंसिर २०७८, शुक्रबार

रामेछाप । देश भर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहदा जिल्लाकै प्रतिष्ठित परिवारका बुहारीनै हिंसामा परेकी छिन् । विहिबार बाट देशभर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आरम्भ भएको छ । “घरैबाट सुरु गरौ,महिला हिंंसा अन्त्य गरौ ”भन्ने मुल नारासहित दिबस मनाई रहदा सदरमुकाम मन्थली बजार संगै रहेको एक प्रतिष्ठित परिवारमा एक बुहारीको विचल्ली भएको छ । गरिबी र जातियताका आधारमा परिवारको सदस्यहरुबाट अपमानीत हुनु पर्दा २७ वर्षिय विनु कठायत यादबको बिचिल्ली भएको हो ।
ब्यापार क्षेत्रमा राम्रो पहँुच रहेको बिनुको परिवार मन्थलीको प्रतिष्ठित र घरानिय परिवार पनि हो । उनको परिवारमा ससुरा बिमल कठायत रामेछाप नगरपालीका वडा नं १ का वडा सदस्य समेत हुन् भने काका ससुरा पवन कठायत रामेछाप उद्योग वाणिज्य संघ रामेछापका कोषाध्यक्ष पनि हुन । कठायत परिवारको मन्थलीमा चलेको पसल र होटल पनि छ । बुढा ससुरा जय बहादुर कठायत भुतपुर्व सैनिक संघ रामेछापका अध्यक्ष पनि हुन् । धार्मिक हिसाबले कठायत परिवार प्रणामि परिवार पनि हो
सोलुखुम्बु माईति भएकी बिनु कठायत यादबका बाबु परलोक भई सकेको र आमा दिर्घरोगि भएकोले उनका सहयोगि र आफन्त पनि कोहि छैनन् । यादब थर जोडिएको र पारिवारीक विपन्नताका कारण उक्त परिवारले आफुृमाथी अपमान जनक र अमानविय ब्यवहार गर्दे. आएको गुनासो उनले गरेकि छिन् । ३ बर्ष अघि बुहारीको रुपमा भित्रिएको बताउने बिनुले भक्तपर ठिमीको घरमा लगेर प्रदिप कठायतले बिवाह गर्ने आश्वासनमा २ बर्ष सम्म पटक पटक आफु संग शारिरिक सम्बन्ध राखेको बताईन् ।
सोहि क्रममा आफु आमा बन्ने जनकारी आफुले प्रदिपलाई गराए पछी बिभिन्न बहाना बनाएर छल्दै आएको बिनुको आरोप छ । परिक्षणको क्रममा पाठेघरको नलीमा बच्चा बसेको भन्दै चिक्त्सिकले अप्रेसन गर्न सुझाए । त्यतिबेला पनि प्रदिपले वास्ता नगरेपछी आमाले खर्च जुटाएर अप्रेशन गरेको बताइन् । तर पाठेघरको नलीमा बच्चा बसेको कारण पाठेघरको नली समेत काटेर फाल्न परेको उनको भनाइ छ ।
अप्रेशन पछी सम्पर्कमा आएका प्रदिपले अस्पतालबाट होटलमा लगेर आफुलाई राखेको र होटलमा लगेर राखेको चौथो दिन जवरजस्ती गर्न खोजे पछी अप्रेशन गरेको टाँका उकिएपछि भने प्रदिपले आफुलाई अस्पताल लगेर लडेका कारण उक्त टाँका उक्एिको भन्न लगाएको उनले बताईन । जुन बेला सम्म आफुलाई प्रदिप माथी पुर्ण विश्वास रहेको उनको भनाई छ । अस्पतालबाट जडिबुटिको एक होटलमा छाडेर प्रदिप सम्पर्कमा नआए पछी मात्र उसले आफु माथि षडयन्त्र गरेको भन्ने चाल पाएको पनि विनुले बताइन् ।
प्रदिपले आफुलाई छाडेको भन्ने पक्का भएपछि विनुले माइती पक्ष संग समस्या भएको जानकारी गराएपछी माइती पक्षको सल्लाहमा प्रहरी चौकी कालमिटीमा जवरजस्ती करणी गरेको भन्दै आफुले किटानी जारी गरेको बताइन् । किटानी जारी दिएको केहि दिन पछी तत्कालिन प्रहरी ईन्सपेक्टर सुरज कार्की र उनका भाई सुरेन्द्र कार्किले मुद्धा फिर्ता लिन भन्दै धम्किी दिएको आरोप पनि उनले लगाईन ् उनले भनिन् उनिहरु दुबै प्रदिपको मामा रहेछन् ।
आफुले मुद्धा फिर्ता नलिने अडान राखेको र आफुले काम गरेको कार्यालयमा आउने होटल तथा क्याफेमा बोलाउने डर देखाउने ,धम्की दिने गरेको आरोप पनि विनुले लगाइन् । त्यसैगरि काका ससुरा पवन कठायत र मामा ससुरा एवं इन्सपेक्टर सुरज कार्कीले बारम्बार भेट्ने उपचार खर्च दिने र अरु केहि पैसा दिने भन्दै मुद्धा फिर्ता लिन दवाब दिएको पनि उनले बताइन् ।
इन्सपेक्टर सुरज काकी बिहानको समयमा आफु बस्ने घरमा सादा पोसाकमा आएर पेस्तोल देखाउदै नमानेमा भाइलाई गाँजा केशमा फसाइदिने र बहिनी कलेज बाट घर नर्फकने धम्कि दिएको आरोप पनि पत्रकारहरु माझ लगाइन । बिबाह गराउने सर्तमा भाइबहिनी कोही पनी सुरक्षित नहुने भएपछी आफुले मुद्धा फिर्ता लिएको उनको दावि छ ।
केहि समय पछी बिबाह गर्ने भनेर ठिमीमा रहेको घरमा ल्याएर बुहारीको रुपमा राखेको भए पनि १ बर्ष वित्दा समेत बिबाह गर्ने कुरा नगरेपछी आफुले त्यसबारेमा कुरा गर्दा आफन्त बितेको छ भन्दै छल्ने गरेको पनि उनले बताइन । विवाह गरेको धरै समय घर बस्दा समेत बिबाह दर्ता नगरे पछि घटनालाई आफुले बाहिर ल्याउने अडान लिएपछि मात्र बिबाह दर्ता गराई दिएको पनि विनुले बताइन् । यो विचमा मलाई श्रीमान संग छुटाएर परिवारले ट्राफिक चोकमा रहेको आफनै होटलमा भाँड मझाएर काम गर्नै बैनि सँगै राख्यो र ब्यवहार पनि त्यस्तै गर्यो ।
जुन बेला मैले मेरा काका ससुरा पवन कठाएतबाट अपमानित मात्र नभएर यौन हिंसाको समेत सिकार हुनु परयो । पारिवारीक मिलेमतोमा स्थानिय चिकित्सक केशब धामि समेतको सहयोगमा मलाई मानसिक रोगिको विल्ला भिराउने सम्मको काम भएको पनि उनले आरोप लगाईन् । उनले मलाई मेरो परिबारका सदस्यहरुले गरेका अपमान र अमानविय घटना दर्जन भन्दा बढि रहेको र जसलाई आफुले प्रमाणका रुपमा देखाउन सक्ने ठोकुवा समेत गरिन् ।
यस अघि पनि विभिन्न संचारमाध्यम र सामाजिक संजालहरुमा समेत उनका अबस्थाका बारेमा सार्बजनिक भई सकेको छ । उनले परिवार बाट पाएको पटक पटकको यातनाका बारेमा बृद्ध बुढा ससुरा देखि आफनो ससुरा र काका ससुरा समेत मुख्य दोषि रहेको पनि आरोप लगाएकि छिन् । उनले आफु माथि भएको अन्यायका बारेमा स्थानिय सरकार र प्रशासन समक्ष पनि हार गुहार गरि सकेकि छिन् । मुद्धा अदालत सम्म पुगेको हुँदा आफुहरुले यस बारेमा बोल्न नमिल्ने र आफुहरुको रोहबरमा कसैले पनि उनको अपमान नगरेको भन्दै रामेछापका प्रहरी प्रमुख नबराज ढुँगाना पन्छिए ।
तर बिनु भने दुईपक्ष विच छलफल गराउने नाममा प्रहरीको रोहबरमा आफना मामा ससुरा सुरेन्द्र कार्कि र उनको समुहले गाली गलोज र अपमान गर्दा ईन्सपेक्टर उल्टै हासेर बसेको गुनासो पनि उनले गरिन् ।
उता उनका काका ससुरा पवन कठायतले विनुले लगाएको आरोपमा कुनै सत्यता नरहेको दावि गरे । उनले भने हामिले बुहारीको रुपमा स्वीकारेर घरमा राखेको मानिसबाट यो किसिमको हर्कत होला भनेर कल्पना सम्म गरेका थिएनौ । हामि आफनो ब्यवसाय गरेर बसेको धार्मिक परिवारलाई लगाएको यो खालको आरोपले उल्टै हाम्रो परिबारको बद्नाम भएको भन्दै,विनु नियतनै खराब रहेको महिला भएको ठोकुवा गरे ।
अर्का आरोपित मामा ससुरा भनिएका सुरेन्द्र कार्किले पनि विनुको सबै जसो आरोप पुर्वाग्रहि भएको बताए । उनले लगाएका कुनै पनि आरोपमा आफुहरु जोडिनै नसक्ने र उनको आरोपमा बद्लाको भाब मात्र रहेको पनि उनले प्रष्ट्याए । त्यस्तो खराब सोच र चिन्तन भएको मान्छेले लगाएको आरोपका कारण आफुहरुको उल्टै अपमान भएको छ कार्किले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...