लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

दाङ्ग । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । उनले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गरेका हुन् । प्रदेश सभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै थियो । मुख्यमन्त्रीविरुद्ध दर्ता गराइएको अविश्वास प्रस्तावमाथि छलफल गर्नकै लागि उक्त विशेष अधिवेशन बोलाइएको थियोे । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेल विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल बताएको थियो । यसअघि वैशाख ६ गते प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलहरुले उक्त अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका थिए ।
आज बस्ने बैठकको सुरुमै अविश्वास प्रस्ताव छलफलका लागि पेश गर्ने कार्यसूचि रहेको कारण राजिनामदिएकाको हुन सक्ने नेताहरुले जनाएको छ । आज नै प्रस्ताव पारित गर्न मतदान बताएपछी प्रस्तावको पक्षमा बहुमत पुग्ने मुख्यमन्त्री पोखरेल आकलन गरेपछी पदच्यूत हुने डरले राजिनामा दिएको बताए ।

Facebook Comments Box