काठमाडौँ । ललिता निवास प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन विशेष अदालतले आदेश जारी गरेको छ । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । न्यायाधीशहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।
अनुसन्धान सुरु भएपछि फरार भएका ढकाल म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालतमा बुधवार हाजिर भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख र उनकी श्रीमती उमासँग ९१ लाख २० हजार बिगो माग दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
ललिता निवास जग्गा प्रकरणमै मुछिएकी ढकाल पत्नी उमाकुमारी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् । पूर्व सचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा बनेको छानबिन समितिले ढकालको नामै किटेर कारबाही गर्नुपर्ने सुझाव दिएको छ ।
रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध
रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ । महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...