लकडाउनका कारण दूध किसान मारमा

Written by meropradesh creator

२५ बैशाख २०७८, शनिबार

सन्तोष ढुङ्गेल
बैशाख , २४ रामेछाप
कोरोना भाइरसको नयाँ भेरियन्ट सहितको भाइसरका कारण सुरु भएको निषेधाज्ञाको कारण रामेछापका दूध किसान मारमा परेका छन् । बिहान एक समय मात्र बजार पसल खुल्ले हुँदा किसानहरुले उत्पादन गरेको बेलुकाको दूध बजार बन्द हुँदा खेर जाने स्थितिमा पुगेको छ ।
व्यवसायीक रुपमा दूध उत्पादन गर्दै आएका किसानहरु यसको प्रत्यक्ष मार खेपिरहेका छन । आफुहरुले उत्पादन गरेको दूध बिहानको डेरिले लिने तर बेलुका लिन नमानेपछि किसानहरू चिन्तित बनेका हुन् । बिहानको दूध मात्र डेरिले लिन्छन् बेलुकाको दूध के गर्ने भन्ने चिन्ताले सताएको दूध किसान डुकुना पोखरेल घिमिरे बताउछिन् ।
निरञ्जन निराकार गाई फार्म संचालन गर्दै आएकी उनी किसानले उत्पादन गरेको दूध डेरीहरुले लिने वातावरण सम्बन्धि निकायले मिलाइदिनु पर्ने बताउछिन् । आफै दुग्ध सहाकारी रामेछापको अध्यक्ष हुँदा पनि किसानले उत्पादन गरेको दूध खपत नहुदा चिन्तित भएको घिमिरे बताउछिन् । किसानले उत्पादन गरेको दूध बिक्री गर्ने वातावरण प्रशासनले मिलाइदिनु पने अर्का किसान केशर क्षेत्री बताउछन् ।
दैनिक १ सय ३० लिटर उत्पादन गर्दै आएका उनको पनि बेलुकाको दूधले बजार नपाउँदा आफू निरास भएको बताउछन् । दूध बिक्री नहुँदा गाईलाई घाँस र दाना खुवाउन समेत समस्या हुन थालेको खत्रीले बताए । आनन्द पशु पालन फार्मका मार्फत खत्रीले १३ वटा गाई पालेका छन् । आफुहरुले उत्पादन गरेको दूध भणडारण गर्न सक्ने अवस्था नरहेको र डेरीहरुले नलिदिए पछि आफुहरु समस्यामा परेको उनले बताए ।
लकडाउनको कारण खपत कम भए सगैं किसानहरुले उत्पादन गरेको दूध लिन नसकेको डेरी संचालक बताउँछन् । दूध लिएर मात्र के गर्ने किन्ने मान्छे नआएपछि र आफुहरुले भण्डारण धेरै गर्न नसकेका कारण यो अबस्था आएको रामेछाप डेरीका संचालक किशोर पौडेल बताउँछन् । प्रशासनले डेरी ब्यबसायलाई सहज संचालन गर्ने वातावरण बनाइदिनु पर्ने पौडेल बताउँछन् ।
अहिले मन्थली आसपासका किसानले उत्पादन गरेको दूधको मात्रा १९ सय लिटर रहेको छ भने बजारमा खपत ६ सय लिटर मात्र रहेको छ । प्रशासनले दूध तथा दूधजन्य पदार्थको उत्पादन तथा बजारीकरणमा सहजता साथै ढुवानीमा सहजीकरण गरिदिए किसानहरूले उत्पादन गरेको सम्पुर्ण दूध लिन सकिने चिरञ्जीवी डेरीका संचालक भानु श्रेष्ठ बताउँछन् । प्रशासनले डेरी उद्योगलाई अन्य ब्यबसाय जस्तै समय निर्धारण गरेका कारण किसानले समस्या बेहोर्नु परेको उनको भनाइ छ । डेरी उद्योगलाई दैनिक १२ देखि १५ घण्टा संचालन गर्न दिनु पर्ने उनको भनाइ छ । जिल्ला प्रशासन कार्यालयले भने किसानको समस्या समाधान गर्न आवश्यक ब्यबस्था गरिने जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थलीको सुनारपानीमा ड्रागन फ्रुटसँगै सयपत्री फूल खेती

मन्थली । जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ५ सुनारपानीमा ड्रागन फ्रुट खेती भित्र सयपत्री फूल खेती पहेँलपुर भएको छ । ड्रागन फ्रुटको बोट र त्यससँगै रोपिएको सयपत्रीको फूलले बारी पहेँलपुर छ । मन्थली नगरपालिका–५ सुनारपानीका रामबहादुर शाहीले बनमाराले भरिएको जग्गामा खनजोत...

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

रवि लामिछानेलाई पक्राउ गर्न सीआईबी टोली परिचालीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली परिचालित भएको छ । रास्वपा का सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिए संगै (सीआईबी) को टोली परिचालित भएका हुन् ।...

काँग्रेस सचिव कार्की पितृ शोकमा

काँग्रेस सचिव कार्की पितृ शोकमा

रामेछाप । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापका सचिव विनोद कार्कीलाई पितृ शोक परेको छ । काँग्रेस सचिव कार्कीका बुबा हेम बहादुर कार्कीको बिहीबार बिहान ९६ वर्षको उमेरमा उपचारको क्रममा काठमाण्डौंको छाउनी अस्पतालमा मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । दम रोगले...