रिलायबल नेपाल इन्स्योरेन्सको तालिमले अभिकर्तामा उत्साह

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड मन्थली शाखाले आफ्ना अभिकर्ताहरुलाई क्षमता विकासको लागि रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम दिएसँगै अभिकर्ताहरुमा उत्साह थपिएको छ ।
जिल्ला सदरमुकाम मन्थलीमा शनिवार भएको एकदिने उक्त तालिममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध रहि सक्रिय रहेका ४० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो । संस्थाले आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजकिय तथा उत्प्ररेणा बृद्धि हुने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको हो । संस्थाले हामीजस्ता अभिकर्ताहरुलाई मोटिभेसन तालिम प्रदान गरेर जीबन बिमाको क्षेत्रमा काम गर्न थप उर्जा मिलेको तालिममा सहभागी गोकुलगंगा गाउँपालिका वडा नं–४ बेतालीका प्रेमबहादुर खड्काले जानकारी दिए ।
रिलायबल नेपालको एकदिने उक्त तालिममा मिलियम डलर राउण्ड टेबल (एम.आर.डि.टी) सहित व्यवसायिक सफलता कसरि हासिल गर्न सकिन्छ भन्ने बिषयमा रिलायबल नेपाल लाइफ इन्सुरेन्सका रिजनल म्यानेजर राजकुमार गिरीले सहभागी अभिकर्ताहरुलाई जानकारी गराएका थिए । उनले अभिकर्ताहरुले बिमा क्षेत्रमा काम गर्दा आउने समस्यालाई कसरी हल गर्न सकिन्छ र असल र सफल अभिकर्ता बन्न के–कस्ता कार्यहरु गर्नुपर्छ भन्ने बारेमा पनि तालिममा सहभागी अभिकर्ताहरुलाई जानकारी गराएका थिए ।
रिलायबल नेपाल लाइफ इन्सुरेन्स २०६४ साल असार १८ गते कम्पनी रजिष्टार कार्यालय काठमाण्डौंमा दर्ता भई २०७४ साल भदौ १५ गते अनुमती पाएसँगै इन्सुरेन्सको क्षेत्रमा कामको थालनि गरेको हो । यस संस्थाले रामेछापको सदरमुकाम मन्थलीमा २०७४ साल पुस महिनाबाट कार्यालय स्थापना गरि जीवन बिमाको क्षेत्रमा काम गर्दै आएको छ ।
जीवन विमा गर्ने नागरिकहरुलाई सहज होस् भन्ने हेतुले रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले दश भन्दा बढी पोलिसीहरु समेत ल्याएको छ । जसमा बिमा शुल्कमा छुट, पूर्ण अशक्त सुबिधा, सबारी दुर्घटना बिमा, अस्पताल नगद सुविधा, १५ वटा घातक रोगको उपचार सुविधा र अभिकर्ताहरुका लागि आकर्षक मासिक सुविधा लगाएतका सुविधाहरु कम्पनीले ल्याएको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका मन्थली शाखाका प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिए । उनका अनुसार हाल रामेछापमा २ सय भन्दा बढिको संख्यामा अभिकर्ताहरु क्रियासिल रहेका छन् ।