राष्ट्रपति भण्डारीद्वारा ७ अध्यादेश जारी

Written by meropradesh creator

२१ बैशाख २०७८, मंगलवार

काठमाडौं । सरकारले सिफारीस गरेको ७ वटा अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभएको छ । मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गर्नु भएको हो । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ७ अध्यादेश जारी गर्नुभएको हो ।
जारी भएका अध्यादेशको पहिलो नम्बरमा यौन हिंसाविरुद्धका केही ऐन संशोधन गर्ने, दोस्रोमा फौजदारी कसुर तथा फौजदारी कार्यसम्बन्धी केही ऐन संशोधन गर्ने, तेस्रोमा औषधि अध्यादेश संशोधन गर्ने, संवैधानिक परिषद् अध्यादेश संशोधन गर्ने, पाँचौँमा सामाजिक सुरक्षा अध्यादेश संशोधन, छैँटौमा नेपाल प्रहरी र प्रदेश प्रहरी अध्यादेश संशोधन गर्ने र सातौँमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश रहेका छन् ।

Related Articles

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...