रामेछाप नगरपालिका द्वारा ६३ करोड १९ लाखको बजेट, सार्वजनिक

रामेछाप । रामेछाप नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८÷०७९ को लागि ६३ करोड १९ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको नवौं नगरसभा मार्फत नगर उप–प्रमुख सृजना खड्काले आर्थिक बर्ष २०७८÷०७९ को लागि ६३ करोड १९ लाखको बजोट सार्वजनिक गरेको छ
खड्काले चालु तर्फ बाट नगरकार्यपालिका कार्यालय तर्फ ३१ करोड १३ लाख १८ हजार ३ सय ३४ रुपैया ४८ पैसा, वडा कार्यालय तर्फ ८९ लाख ५५ हजार, विषयगत शाखा तर्फ ३ करोड ७८ लाख २५ हजार, र पुँजिगत तर्फ नगरकार्यपालिका २१ करोड ३१ लाख १० हजार ६ सय पैसठ्ठि रुपैया ५२ पैसा, वडा कार्यालय तर्फ ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैंया ५२ पैसा, विषयगत शाखा तर्फ २९ लाख विनियोजन गरिएको बताइन । आगामी आर्थिक बर्षको लागि चालु तर्फ ३५ करोड ८० लाख ९८ हजार ३ सय ३४ रुपैंया ४८ पैसा र पुँजिगत २७ करोड ३८ लाख ४६ हजार ३ सय ३१ रुपैंया ४ पैसा गरी कुल जम्मा ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैंया ५२ पैसा व्यय हुने अनुमान गरी बजेट प्रस्तुत गरेकी छिन् ।्
नगरपालिकाकले स्वास्थ्य सेवा तर्फ ७१ लाख ५० हजार रकम विनियोजन गरेको छ । कोरोना भाईरस न्यूनिकरणमा खटिने स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ता, आखा उपचार सेवा विस्तार, निशुल्क औषधि वितरण, महिला स्वास्थ्य स्वयमसेवीका प्रोत्साहन, गर्भवती महिलाहरुको लागि प्रोत्साहन लगायत कार्यक्रमहरुलाई प्राथमिकता दिईएको छ ।
त्यस्तै गरी नगरपालिकाले कृषि विकास तर्फ ७० लाख रकम विनियोजन गरेको छ । नगरले एक वडा एक उत्पादन कार्यक्रमलागु गर्ने लक्ष्य सहित बजेट सार्वजनकि गरेको छ । साथै उत्कृष्ट कृषक पहिचान र पुरस्कार, जुनार औषा किरा नियन्त्रण, किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरणका कार्यक्रम अघि सारेको छ । विषादि तथा मलखाद ढुवानी अनुदानको व्यवस्था सम्बन्धित वडा कार्यालयको कार्यक्रममा समावेश गरिएको छ ।
पशु विकास तर्फ नगरपालिकाले ५७ लाख ५० हजार बजेट सार्वजनिक गरेको छ । ५७ लाख ५० हजार बजेट मध्ये एक घर एक पशु बिमा कार्यक्रमलाई निरन्तरता दिएको छ । सुत्केरी गाई भैंसि पोषण तथा स्याहार, बजार व्यवस्थापन तथा प्रवद्र्धन साझेदारी कार्यक्रम लगायत महामारी रोग नियन्त्रणलाई प्राथमिकतामा राखीएकोछ ।
रामेछाप नगरपालिकाले सबै भन्दा धेरै १ करोड ७२ लाख २५ हजार शिक्षा क्षेत्रमा छुट्याएको छ । जस मध्ये विद्यालय कर्मचारी र सहयोगी कार्यकर्ता पारिश्रीमक अनुदान, बालकक्षा तर्फका कर्मचारी पारिश्रमिक अनुदान नगर स्वयम शिक्षक सहयोग कार्यक्रम, विद्यालयको क्षमता विकास र सुदृढिकरण कार्यक्रम, राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगीता कार्यक्रमलाई प्राथमिकतामा राखिएकोछ । नगरबासीहरुको सूचनाको हकलाई सुनिश्चित गर्न तथा नगरपालिकाको काम कारबाहीलाई पारदर्शि र जवाफदेहि बनाउनका लागि स्थानिय संचार माध्यामहरुलाई प्रवर्धन र परिचालन गर्न समेत बजेट विनियोजन गरेको छ ।
नगर पालिकाले चालु तर्फ प्रत्येक वडा लाई ९ लाख ९५ हजारको दरले ९ वटा वडालाई ८९ लाख ५५ हजार विनियोजन गरिएको छ । सबै वडाले नगर स्तरीय १–१ वटा अनिवार्य छनौट गरि कार्यान्वयन गर्न १७ लाखका दरले ९ वटा वडालाई १ करोड ५३ लाख विनियोजन गरिएको छ ।
पुँजिगत तर्फ वडा नं. १ लाई ५७ लाख ६५ हजार ८ सय ११ रुपैंया १० पैसा, वडा नं. २ लाई ६२ लाख ५ हजार ३ सय १६ रुपैंया ९१ पैसा, वडा नं. ३ लाई ५४ लाख ९६ हजार ८ सय ९ रुपैंया ७१ पैसा, वडा नं. ४ लाई ७१ लाख ६३ हजार २ सय ७४ रुपैंया ७६ पैसा, वडा नं. ५ लाई ७२ लाख ४९ हजार ३ सय २८ रुपैंया ३८ पैसा, वडा नं. ६ लाई ६५ लाख ७६ हजार ६ सय ९९ रुपैया २७ पैसा, वडा नं. ७ लाई ७१ लाख १२ हजार ४ सय ४२ रुपैया ९४ पैसा, वडा नंं. ८ लाई ६४ लाख ८८ हजार ६ सय रुपैया ३ पैसा र वडा नं. ९ लाई ५७ लाख ७७ हजार ३ सय ८२ रुपैंया ४२ पैसा गरि पुँजिगतमा जम्मा ५ करोड ७८ लाख ३५ हजार ६ सय ६५ रुपैया ५२ पैसा र चालु, नगरस्तरीय १ योजना र पुँजिगत समेत वडा तर्फ कुल जम्मा ८ करोड २० लाख ९० हजार ६ सय ६५ रुपैया ५२ पैसा विनियोजन गरिएको छ ।
नगर स्तरीय कार्यक्रम तर्फ विगत वर्ष देखि संचालनमा रहेका क्रमागत योजनाहरु नगर गौरवको योजना पुष्पलालपार्क चाम्बोट च्यास्कु कोलोञ्जोरघाट सडक स्तरोन्नती २० लाख, भालुखोप भ्यू टावर १ करोड, सेफ हाउस निर्माण २५ लाख, ६ नं. वडा कार्यालय भवन निर्माण २० लाख, कालिकुवा भालुखोप सडक कालोपत्रे ३० लाख, हिलेपानी भालुखोप कुशवसेरी सडक स्तरोन्नती २० लाख विनियोजन गरिएको छ ।
वडा कार्यलय नभएको वडा नं. ३ को लागि ४५ लाख र वडा कार्यालयमा थप निर्माण गर्नु पर्ने वडा नं. ७ र ९ का लागि ५० लाख र वडा कार्यालय निर्माण डोलिडार सँगको साझेदारीमा वडा नं. १ र ८ को भवन निर्माणका लागि ५० लाख विनियोजन गरिएको छ । सिपमुलक महिला, युवा, दलित, अपांग, आदिवासी जनजातीहरुमा कार्यक्रम संचालनकालागि १० लाख, सेफ हाउस तथा सिप विकास केन्द्र संचालनकालागि ५ लाख, देउराली गोठगाउ सडक स्तरोन्नतीकालागि २० लाख, केवलेश्वर डिप बोरिङ्ग खानेपानी योजना १० लाख, गिजन्टार सिंचाई योजना १० लाख, चिलाउने तिलबारी जोड्ने सडक का लागि १० लाख तथा सुकाजोर खोला वारी कलात्मक प्रवेश गेट निर्माणकालागि १२ लाख विनियोजन गरिएको छ ।