रामेछाप नगरका ६ वडामा तरुणदल गठन

रामेछाप । नेपाल तरुणदल रामेछाप सक्रियरुपपा नगर कार्यसमिती बिस्तारमा लागेको छ । नेपाल तरुणदल रामेछापले यस अघि रामेछाप नगरपालिकाको ४ वटा वडामा समिति निर्माण गरिसकेको छ । नेपाली काँग्रेसको भात्रृ संगठन नगर समितिले मंगलवार रामेछाप नगरपालीकाको वडा नं ८ र ९ मा नेपाल तरुण दल वडा समित गठन गरेको छ ।
रामेछाप नगर कमिटिको अगुवाईमा तरुणलदले हाल सम्म वडा नं १ को गोठगाउँ ,वडा नं २ को देउराली वडा नं ३ को साँधुटार र वडा नं ७ शुकाजोरमा छुट्टा छुट्टै भेला मार्फत नगरका छ वटा वडामा संगठन बिस्तार गरेको छ ।
नगरका नौ वटा वडा मध्ये मंगलबार सम्ममा ४ ,५ र ६ बाहेकका सबै वडामा समिति गठनको कामले पुर्णता पाई सकेको र बाँकि रहेका वडामा पनि चाँडैनै समिति गठनको कामलाइै पुर्णता दिईने तरुण दलका रामेछाप नगर संयोजक संन्तोष तामाङ्गले जानकारी दिए ।
सोमबार शुकाजोरमा गोविन्द राउतको अध्यक्षतामा ५१ सदसिय वडा संगठन समिति गठन गरेको नगर समितिले मंगलबार रामेछाप ८ मा भागवत लामाको अध्यक्षतामा ५६ सदस्य वडा समिति गठन गरेको छ । नेपाली कांंगेसको भातृ संगठनको शक्तीसाली दस्ताको रुपमा पहिचान बनाएको तरुण समितिको बरिष्ठ उपाध्यक्षमा विजय लामा , उपाध्यक्षमा गोबिन्द कार्कि,कोषाध्यक्षमा सर्मिला साही,सचिबमा प्रकाश खत्री,र सह सचिबमा सन्तोष साही रहेका छन् ।


भेलाको अध्यक्षता नगर संयोजक सन्तोष तामाङ्ग र प्रमुख आतिथ्यता नेपाली कांगे्रस वडा नं ८ का सभापति केदार कार्किले गर्नु भएको थियो । भेलालाई सम्बोधन गर्नै क्रममा कार्कीले कम्युनिष्ट सरकारको सर्बसत्ताबादी चरित्र, सत्ताको दम्भ र असक्षमताका कारण मुलुक पुन अस्थिरतामा फसेको भन्दै त्यस खालको विकृतिलाई चिर्नका लागी युवाहरुको भूमिका महत्वपुर्ण हुने बताएका छन । गाउँको विकास विना शहरमा परिबर्तन संभब नहुने भएकोले वडा स्तरमा संगठीत भएका युवाहरुले त्यसलाई चिर्दे अगाडि बढुन पर्नै धारणा राखेका छन ।

Facebook Comments Box