रामेछापमा मतदाता नामावली अद्यावधिक सकियो ३८ जनाको नाम हटाइयो

रामेछाप, जिल्ला निर्वाचन कार्यालय रामेछापले मतदाता नामावली अद्यावधिक(दावी, विरोध) सम्बन्धी कार्यक्रममार्फ ३८ जनाको विवरण मतदाता नामावलीबाट हटाएको छ । गत माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक (दावी, विरोध) सम्बन्धी कार्यक्रम मार्फत जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावलीमा विवरण समावेश भएका ३४ जना मृतक र दोहोरो विवरण समावेश भएका चार जना गरी जम्मा ३८ जनाको विवरण मतदाता नामावलीबाट हटाएको हो ।
अब रामेछाप जिल्लामा कुल मतदाता सङ्ख्या १ लाख ६७ हजार १सय २८ जना रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापका सूचना अधिकार गणेश थापाले जानकारी दिए । यस भन्दा पहिले जिल्लामा १ लाख ६७ हजार १सय ६६ जना मतदाता रहेका थिए । हालै मात्र मतदाता नामावलीमा कायम गरिएका मतदाताहरुले आगामी चिर्वाचनमा मतदान गर्न पाउने निर्वाच कार्यालय रामेछापले जनाएको छ ।

Facebook Comments Box