रामेछापमा प्रथम फुटवल लिग सुरु

रामेछाप । जिल्ला फुटवल संघ रामेछापले जिल्लामा प्रथम रामेछाप फुटवल लिग –२०७८ सुरु गरेको छ । खेलको बिहिबार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गदै खेल क्षेत्रको बिकासमा लागी पर्ने बताएका छन् । सदस्य सचिब घिसिङले आफ्नो जिल्ला समेत रामेछाप भएकाले जिल्लामा खेलकुदको बिकासमा आफु गम्भिर भएर लागीपर्ने बताए ।
संघका अध्यक्ष सुन्दर घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त खेलका लागि जिल्लाका १२ वटा समुहहरु दर्ता भएका छन । उक्त प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय पुरस्कारको ब्यवस्था क्रमश नेकपा एमालेका नेता रत्न प्रसाद गौतम, नेपाली काँग्रेसका महाधिबेसन प्रतिनिधि भरत प्रसाद चौलागाई र रामेछाप उद्योग बाणिज्य संघका सदस्य यज्ञ प्रसाद सुवेदीले गरेकोे आयोजकले जनाएको छ ।


प्रतियोगिता मा सहभागि समुहहरु मध्ये प्रथम,द्वितिय,तृतिय र सान्त्वना हुने प्रतियोगिहरुलाई क्रमश १ लाख १ लाख १ सय ११ , ७५ हजार १ लाख १ सय ११ , ५० हजार १ लाख १ सय ११ र २० हजार १ लाख १ सय ११ रुपैयाँ नगद, शिल्ड र मेडल प्रदान गरिने पनि आयोजकले जनाएको छ । उद्घाटन खेल ग्रामिण सेवा युवा परिषद र दिपशिखा ब्बाइज युनाइटेडका बिच भएको थियो

Facebook Comments Box